२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनले आफुमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बोरिस जोनसनको दावी

२०७९, १६ माघ सोमबार ०५:५५

माघ १६, काठमाडौं | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिनुभएको पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ । 

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि फोनवार्तामा उक्त चेतावनी आएको हो ।

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्न कोसिस गर्न किभमा भेला हुँदै गर्दा उक्त चेतावनी आएको हो ।


“उहाँले मलाई एक पटक धम्की दिनुभएको थियो र भन्नुभएको थियो “बोरिस, म तपाईंलाई चोट पु¥याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ,” पुटिनलाई उद्धृत गर्दै जोनसनले भन्नुभएको छ । 

जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा भावुक पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिनुभएको छ । 

तर आक्रमण अघि, उहाँले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताउनुभएको थियो । 

त्यसपछि पुटिनले जोनसनलाई सोध्नुभयो, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो ?’

जवाफमा मैले भनें, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तिमीलाई यो कुरा राम्ररी थाह छ ।”

क्षेप्यास्त्रको धम्कीबारे जोनसनले भन्नुभयो, “मलाई लाग्छ, उहाँले जुन किसिमको प्रश्न गर्नुभएको थियो उहाँसँग जस्तो अलगावको हावा थियो, पुटिनले उहाँलाई वार्तामा ल्याउने मेरो प्रयाससँग खेलिरहनुभउको थियो । 

बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ ।

जेलेन्स्कीले भनेको शब्दलाई उद्धृत गर्दै जोनसनले भन्नुभभयो, “तपाईंलाई थाहा छ, यदि रुसले युक्रेन कब्जा गर्दैछ भने, तपाईंले यस समय मलाई किन केही दिनुहुन्न, जसको सहाराले म यसलाई रोक्न सक्छु?” 

“यदि तपाईं सहयोर्ग मलाई दिन सक्नुहुन्न भने, यसलाई तपाई आफैले रोक्नुहोस्,” जेलेन्स्कीले भन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी