४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनले आफुमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बोरिस जोनसनको दावी

१६ माघ २०७९, सोमबार ०५:५५

माघ १६, काठमाडौं | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिनुभएको पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ । 

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि फोनवार्तामा उक्त चेतावनी आएको हो ।

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्न कोसिस गर्न किभमा भेला हुँदै गर्दा उक्त चेतावनी आएको हो ।


“उहाँले मलाई एक पटक धम्की दिनुभएको थियो र भन्नुभएको थियो “बोरिस, म तपाईंलाई चोट पु¥याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ,” पुटिनलाई उद्धृत गर्दै जोनसनले भन्नुभएको छ । 

जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा भावुक पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिनुभएको छ । 

तर आक्रमण अघि, उहाँले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताउनुभएको थियो । 

त्यसपछि पुटिनले जोनसनलाई सोध्नुभयो, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो ?’

जवाफमा मैले भनें, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तिमीलाई यो कुरा राम्ररी थाह छ ।”

क्षेप्यास्त्रको धम्कीबारे जोनसनले भन्नुभयो, “मलाई लाग्छ, उहाँले जुन किसिमको प्रश्न गर्नुभएको थियो उहाँसँग जस्तो अलगावको हावा थियो, पुटिनले उहाँलाई वार्तामा ल्याउने मेरो प्रयाससँग खेलिरहनुभउको थियो । 

बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ ।

जेलेन्स्कीले भनेको शब्दलाई उद्धृत गर्दै जोनसनले भन्नुभभयो, “तपाईंलाई थाहा छ, यदि रुसले युक्रेन कब्जा गर्दैछ भने, तपाईंले यस समय मलाई किन केही दिनुहुन्न, जसको सहाराले म यसलाई रोक्न सक्छु?” 

“यदि तपाईं सहयोर्ग मलाई दिन सक्नुहुन्न भने, यसलाई तपाई आफैले रोक्नुहोस्,” जेलेन्स्कीले भन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता