४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् वैज्ञानिक रुपमै प्रमाणित संसारका सबैभन्दा सुन्दर पुरुष

१७ माघ २०७९, मंगलवार ११:१५

एजेन्सी | नेटफ्लिक्समा रहेको लोकप्रिय श्रृंखला ब्रिजरटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बेलायती अभिनेता रेगे जेन पेजलाई संसारको सबैभन्दा सुन्दर पुरुषको उपाधि दिइएको छ । उनलाई दर्शकको रोजाइका आधारमा नभई एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष घोषणा गरिएको छ ।

ग्रिक गोल्डेन अनुपात समीकरण अनुसार उनलाई संसारको सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको हो । अनुसन्धानकर्ता वैज्ञानिकका अनुसार जेन पेजको अनुहार साँच्चिकै मनी मेकर छ । ३४ वर्षीय अभिनेताको अनुहार उक्त समीकरण अनुसार ९३.६५ प्रतिशत पूर्ण पाइएको छ । ग्रिक गोल्डेन रेसियो समीकरणबाट कुनै पनि व्यक्तिको अनुहारको सुन्दरता तथा बनावटको आकलन गरिन्छ ।


मेट्रो डट युकेमा प्रकाशित समाचार अनुसार हार्ले स्ट्रिट फेसियल कस्मेटिक सर्जन डाक्टर जुलियन डी सिल्भाले अत्याधुनिक कम्प्युटराइज्ड म्यापिङ प्रविधिको प्रयोग गरेर सूचि तयार गरेकी थिइन् र उक्त सूचिलाई नतिजाको कसीमा जाँचिएको थियो ।

अभिनेता आफ्नो सुन्दर अनुहार तथा नसालु आँखाका कारण सूचिमा सबैभन्दा माथि परेका छन् । आफ्नो आँखाको सुन्दरता र अवस्थितिका कारण नै उनले सबैभन्दा धेरै अंक प्राप्त गरेर सर्वाधिक सुन्दर पुरुष बन्न सफल भएको उनको भनाइ छ ।

उनको अनुहारमा अरु सबै चिजहरु शतप्रतिशत सुन्दर भए पनि उनको नाकको लम्बाई तथा चौडाइका कारण भने केही कम अंक प्राप्त गरे । यस क्रममा ओठ, मुख, चिउडोे, ओठको चौडाइ, अनुहारको आकार, नाक, आँखाको अवस्थिति र आकार, निधार लगायतका सबै अंगहरु मापन गरिएको थियो ।

उक्त वैज्ञानिक अध्ययन अनुसार विश्वका सर्वाधिक सुन्दर ५ पुरुष यी हुन् :

  • अभिनेता रेगे जेन पेज, ९३.६५ प्रतिशत
  • अभिनेता क्रिस हेम्सवर्थ, ९३.५३ प्रतिशत
  • अभिनेता माइकल बी जोर्डन, ९३.४६ प्रतिशत
  • गायक तथा अभिनेता ह्यारी स्टाइल्स, ९२.३० प्रतिशत
  • फुटबलर जुड बेलिंघम, ९२.२२ प्रतिशत

स्मरण रहोस् उक्त अध्ययन अनुसार विश्वकी सबैभन्दा सुन्दर महिला चाहीँ अभिनेत्री एम्बर हर्ड हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता