४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार सम्बन्धी मुद्दामा भारतीय आध्यात्मिक गुरु आसाराम बापुलाई जन्मकैद

१८ माघ २०७९, बुधबार ०८:५५

एजेन्सी | एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ।

पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्।

८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल उनी जेलमै छन्। 


योग र ध्यानसम्बन्धी आफ्ना कामका लागि परिचित उनका संसारभर दशौँ लाख अनुयायी र सयौँ आश्रमहरू थिए। मङ्गलवारको आदेशअघि ती गुरुका समर्थकहरूबाट हिंसा हुनसक्ने आशङ्काबीच अधिकारीहरूले गुजरातको सुरक्षा व्यवस्था कडा पारेका थिए।

त्यसको एक दिनअघि गान्धीनगर सहरको उक्त अदालतले आसारामलाई भारतीय दण्ड संहिताका कैयौँ व्यवस्था अन्तर्गत रहेर बलात्कार र बदनियतपूर्ण रूपले बन्धक बनाएको सहितका आरोपमा दोषी ठहर्‍याएको थियो।

उक्त मुद्दामा आरोपित आसारामकी श्रीमती र छोरीसहित ६ अन्यलाई भने अपर्याप्त प्रमाणका आधारमा निर्दोष घोषित गरिएको छ।

मङ्गलवार अदालतले आसारामलाई २३ हजार भारतीय रुपैयाँ जरिबाना तिराउँदै पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ।

आसारामविरूद्धका यौन दुर्व्यवहारका आरोपहरू ती महिलाले सबैभन्दा पहिले सन् २०१३ मा उजुरी दिएपछि सार्वजनिक भएका थिए।

उनले आसारामले आफ्नो मुटेरा सहरस्थित आश्रममा कैयौँ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् जहाँबाट भाग्न सफल हुनुअघि उनलाई पाँच वर्ष बन्धक बनाइएको थियो।

सन् २०१९ मा आसारामका छोरा नारायण साईलाई समेत ती महिलाकी कान्छी बहिनीलाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय सुनाइएको थियो।

बेग्लै मुद्दामा उनीविरूद्ध दुईजना अनुयायीहरूले यौन दुर्व्यवहारका भिन्न-भिन्न मुद्दा दायर गरेपछि सन् २०१३ मा आसारामलाई पक्राउ गरिएको थियो। ती दुवैले आफ्ना छोरीहरूको बलात्कार भएको आरोप लगाएका थिए।

प्रहरीका अनुसार उनले पीडितलाई राजस्थानको जोधपुर सहरस्थित आफ्नो कोठामा बोलाएर "उपचार" गर्ने भन्दै बलात्कार गरेका थिए।

उनीहरूका अनुसार आसारामले पीडितलाई यौनिक गतिविधिहरू गर्न बाध्य पार्दै त्यसबारे बोलेमा उनको परिवारका सदस्यहरूको हत्या गर्ने भनेका थिए। आसारामका दुईजना सहयोगीहरू समेत यस घटनामा दोषी पाइएका छन् जसलाई २० वर्षको जेल सजाय सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता