२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार सम्बन्धी मुद्दामा भारतीय आध्यात्मिक गुरु आसाराम बापुलाई जन्मकैद

२०७९, १८ माघ बुधबार ०८:५५

एजेन्सी | एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ।

पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्।

८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल उनी जेलमै छन्। 


योग र ध्यानसम्बन्धी आफ्ना कामका लागि परिचित उनका संसारभर दशौँ लाख अनुयायी र सयौँ आश्रमहरू थिए। मङ्गलवारको आदेशअघि ती गुरुका समर्थकहरूबाट हिंसा हुनसक्ने आशङ्काबीच अधिकारीहरूले गुजरातको सुरक्षा व्यवस्था कडा पारेका थिए।

त्यसको एक दिनअघि गान्धीनगर सहरको उक्त अदालतले आसारामलाई भारतीय दण्ड संहिताका कैयौँ व्यवस्था अन्तर्गत रहेर बलात्कार र बदनियतपूर्ण रूपले बन्धक बनाएको सहितका आरोपमा दोषी ठहर्‍याएको थियो।

उक्त मुद्दामा आरोपित आसारामकी श्रीमती र छोरीसहित ६ अन्यलाई भने अपर्याप्त प्रमाणका आधारमा निर्दोष घोषित गरिएको छ।

मङ्गलवार अदालतले आसारामलाई २३ हजार भारतीय रुपैयाँ जरिबाना तिराउँदै पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ।

आसारामविरूद्धका यौन दुर्व्यवहारका आरोपहरू ती महिलाले सबैभन्दा पहिले सन् २०१३ मा उजुरी दिएपछि सार्वजनिक भएका थिए।

उनले आसारामले आफ्नो मुटेरा सहरस्थित आश्रममा कैयौँ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् जहाँबाट भाग्न सफल हुनुअघि उनलाई पाँच वर्ष बन्धक बनाइएको थियो।

सन् २०१९ मा आसारामका छोरा नारायण साईलाई समेत ती महिलाकी कान्छी बहिनीलाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय सुनाइएको थियो।

बेग्लै मुद्दामा उनीविरूद्ध दुईजना अनुयायीहरूले यौन दुर्व्यवहारका भिन्न-भिन्न मुद्दा दायर गरेपछि सन् २०१३ मा आसारामलाई पक्राउ गरिएको थियो। ती दुवैले आफ्ना छोरीहरूको बलात्कार भएको आरोप लगाएका थिए।

प्रहरीका अनुसार उनले पीडितलाई राजस्थानको जोधपुर सहरस्थित आफ्नो कोठामा बोलाएर "उपचार" गर्ने भन्दै बलात्कार गरेका थिए।

उनीहरूका अनुसार आसारामले पीडितलाई यौनिक गतिविधिहरू गर्न बाध्य पार्दै त्यसबारे बोलेमा उनको परिवारका सदस्यहरूको हत्या गर्ने भनेका थिए। आसारामका दुईजना सहयोगीहरू समेत यस घटनामा दोषी पाइएका छन् जसलाई २० वर्षको जेल सजाय सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी