2026-09-28 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विमानमा अर्धनग्न भएर चालकदलका सदस्य‍माथि आक्रमण गर्ने यात्रु नियन्त्रणमा

माघ १९, काठमाडौँ | युएईको अबुधाबीबाट मुम्बईका लागि उडेको विमानमा अभद्र व्यवहार देखाएपछि एक इटालियन यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनवरी ३० मा एयर विस्ताराको उडान नम्बर युके २५६ मा मादक पदार्थ सेवन गरी इकोनोमी क्लासकी ती यात्रुले बिजनेस क्लासमा जान खोजेपछि हंगामा मच्चिएको थियो।
जब चालक दलका सदस्यले उनलाई रोक्न खोजे त्यसपछि ती महिलाले चालक दलका सदस्यमाथि नै मुक्का प्रहार गर्दै थुक्न थालिन्। उनले आफ्ना केही लुगाहरू पनि फुकालिन् र आंशिक नग्न अवस्थामा विमानमा माथि र तल हिँडिन्।


त्यसपछि चालक दलका सदस्यहरूले अन्य यात्रुको सुरक्षाका लागि विमानभित्रै बाँधेर राखेका थिए। आरोपित महिलालाई मुम्बई आएलगत्तै सोमवार प्रहरीले पक्राउ गरेको थियो। पछि उनी धरौटीमा छुटिन्।
यसैबीच उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको भनाई छ।
यता एअर विस्ताराले भने ती महिलाको अविच्छिन्न उच्छृङ्खल आचरण र हिंसक व्यवहार रोक्न आफ्ना कर्मचारीले उनलाई नियन्त्रण गर्नुपरेको दाबी गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर विस्ताराका एक कर्मचारीले प्रहरीमा दिएको उजुरीमा ती महिलाले आफूलाई मुक्का हानेको र आफ्ना एक सहकर्मीलाई थुकेको दाबी गरिएको छ।
उक्त उजुरीअनुसार ती महिलाले इकोनमी क्लासको सीट छोडेर बिज्नेस क्लासमा बस्न गएपछि विमानका कर्मचारीले रोक्न खोजेका थिए।
ती महिलामाथि विमानभित्र कपडा फुकालेको र फोहोर गरेको आरोपसमेत लगाइएको छ।
एअर विस्ताराले एक विज्ञप्ति निकाल्दै विमानका चालकले ती यात्रुलाई चेतावनी दिए र आचरणका कारण उनलाई नियन्त्रणमा लिने निर्णय गरेको बताएको छ।
बीबीसीसँग कुरा गर्दै ती महिलाका वकिल प्रभाकर त्रिपाठीले उनलाई दिइएको सीट असजिलो भएकाले उनले अर्को खाली सीटमा सार्न अनुरोध गरेको र त्यसैमा विमानका कर्मचारीसँग विवाद भएको बताएका छन्।
आकाशमा विमान हल्लिएको कारण देखाउँदै उनलाई शौचालय पनि जान नदिइएको त्रिपाठीले बताए।
‘पछि उनलाई शौचालय जान दिइयो, तर फर्किएपछि उनलाई फेरि सीटमा बाँधियो’, त्रिपाठीले भने।
विमान भित्र दुर्व्यवहार गरेका कारण ती महिला कानुनी कारबाहीको दायरामा परेको मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले बताए।
‘हामीले उनलाई सूचना दियौँ र अदालतमा पेस गर्‍यौँ। त्यसपछि उनलाई जान दिइयो,’ मुम्बई प्रहरीका उपायुक्त दीक्षित गेदामले भने।
यसअघि गत महिना एअरइन्डियाको एउटा विमानमा एक महिला यात्रुको शरीरमा पिसाब फेरिदिएको आरोप लागेपछि एक व्यक्तिलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह