२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङले ५ लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने

२०७९, २० माघ शुक्रबार ०९:५९

माघ २०, काठमाडौँ | हङकङ सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पाँच लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ। हङकङको पर्यटन व्यवसाय पुनरुत्थान र विदेशीलाई स्वागत गर्ने योजनाअन्तर्गत पाँच लाख निःशुल्क हवाई टिकटको व्यवस्था गर्न लागेको हो।

विदेशी पाहुनाको स्वागतका लागि ‘हेलो हङकङ’ नामक पर्यटन अभियानअन्तर्गत दुई वर्षको अवधिमा पाँच लाख निःशुल्क टिकट बाँडिने सरकारले जनाएको छ।


कसरी लिने निःशुल्क टिकट?

हङकङ जाने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। यसका लागि वर्ल्ड अफ वीनर्स टिकट अभियानको पेजमा गएर 'फ्लाइट टिकट लट्री'मा आफ्नो नाम राख्न सकिनेछ। यो सुविधा दक्षिणपूर्वी एशियाली मुलुक नागरिकले मार्च १, केन्द्र सरकार चीनबाट अप्रिल १ र मे १ तारिखदेखि विश्वभरका मानिसका लागि खुला हुनेछ।

यसरी हङकङ जान र आउन निःशुल्क टिकट पाइनेछ। टिकटमध्ये ६५ प्रतिशत विभिन्न एयरलाइन्स र उनीहरूका एजेन्टहरूले छनोट गर्नेछन्। अरू जानकारी हङकङ उडान हुने विभिन्न एयरलाइन्सहरूबाट पनि थाहा पाउन सकिनेछ।

विश्वको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हङकङको पर्यटन व्यवसाय कोभिड १९ का कारण सुस्त बनेको छ। चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि हङकङमा सन् २०२० को जनवरीदेखि नै भेला हुने सबै कार्यक्रम बन्द गरिएका कारण पर्यटनले गति लिन नसकेको सीएनएनले उल्लेख गरेको छ।

कोरोनाकै कारण हङकङ आउजाउ महँगो पर्दै आएको थियो। विशेषगरी क्वारेन्टिनका कडा नियम, २१ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने, धेरै पटक पीसीआर परीक्षण गर्नुपर्नेजस्ता नियमका कारण पर्यटनमा प्रत्यक्ष असर पुगेको थियो। तर, यी अधिकांश नियम सन् २०२२ को सेप्टेम्बरबाट हटाइएको छ।

जनजीवन सहज बनेका बेला पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो। कोभिडअघि हङकङले एक वर्ष ५ करोड ६० लाख जनासम्म पर्यटकलाई स्वागत गरेको तथ्यांक छ। तर, यो संख्या सन् २०२२ मा १ लाखमा झरेको थियो। यति मात्र होइन विश्वकै महत्त्वपूर्ण वित्तीय 'हब' मानिने हङकङको जनसंख्या पनि सन् १९६१ यताकै तीव्र गतिमा घटेको छ। त्यहाँको जनसंख्या १.६ प्रतिशतले घटेको सरकारको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी