2026-09-07 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ

फागुन ४, ढाका (बङ्गलादेश) | गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ।

विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । उहाँले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गर्नुभएको थियो । 

वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा ¥यापिड एक्सन बटालियन (आरएबी) माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये उहाँ एक हुनुहुन्छ । 

“यदि कहीँ कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौँ भन्ने कारण खोज्नु जरूरी छ,” चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भन्नुभयो । 

“हामी बङ्गलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म हामी जवाफदेहिता देख्दैनौँ, हामी दिगो सुधार गर्न सक्दैनौँ ।”

ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ । उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बङ्गलादेशले प्रायःसंयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ ।

संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री शेख हसिनाको पार्टीको विधायिकामा हावी भएका कारण बङ्गलादेशको संसदमा सोही दलको एक पक्षीय निर्णय हुँदा प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावित पार्ने गरेको छ । 

अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बङ्गलादेशी नागरिकको हत्या गरिसकेको छ ।

आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानुनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन् ।

सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बङ्गलादेशबाट भागेको बताउनुभएको छ । 

सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध समावेश छ । 

चोलेटले ढाकामा हसिनासँग भेट गर्नुभएको थियो भने पाकिस्तानको औपचारिक भ्रमणसँगै बिहीबार आफ्नो दक्षिण एसिया भ्रमणको समापन गर्दै हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित