2026-09-28 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा मूल्यवृद्धि: १ किलो पिठोकै १२५० रुपैयाँ !

फागुन ५, इस्लामाबाद । पाकिस्तानमा दैनिक उपभोग्य खाद्यान्नहरुको मूल्यवृद्धि चुलिएको छ । बजारको ताजा मूल्यअनुसार पाकिस्तानमा एक किलो चियाको मूल्य १७ सय रुपैयाँ पुगेको छ भने पिठोको मूल्य १२५० रुपैयाँ किलो पुगेको छ ।

चिया, दाल, पिठो, चामल, तेललगायत खाद्यान्नको मूल्य उच्च रुपमा बढेसँगै उपभोक्ताको भान्सा पनि महँगो भएको छ । पाकिस्तानको कराची सहरको मध्यभागमा रहेको महारानी बजारमा किराना पसल चलाइरहेका जाहिदका अनुसार पछिल्लो ६ महिनाको अवधिमा १० किलो पिठोको मूल्य ४५० रुपैयाँले बढेको छ । ‘पहिला १० किलो पिठोको मूल्य आठ सय रुपैयाँ पर्थ्यो । अहिले भने १२ सय ५० रुपैयाँ पुगेको छ,’ बीबीसीसँगको कुराकानीमा जाहिदले भनेका छन्, ‘यस्तै खाने तेलको मूल्य पहिला ३८० रुपैयाँ लिटर पर्थ्यो भने अहिले ६२० रुपैयाँ पुगेको छ ।’

पहिला २८० रुपैयाँ किलोमा पाइने चनाको दालको मूल्य पाकिस्तानमा अहिले ४३० रुपैयाँ पुगेको छ । यस्तै मासको दाल पहिला प्रतिकिलो ३२० रुपैयाँमा पाइन्थ्यो भने अहिले चार सय रुपैयाँभन्दा माथि पुगेको छ । चियापत्तीको मूल्य पनि पहिला १४ सय रुपैयाँ मात्र पर्थ्यो अहिले बढेर १७ सय रुपैयाँ पुगेको छ ।

तस्बिर : आमिर कुरेसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह