2026-10-24 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

फागुन ६, वाशिङ्गटन | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई  वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनु भएको छ ।  

ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार “राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिनु भएको छ । राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिनु भएको छ । 

अमेरिकी आकाशमा हालै देखिएका शङ्कास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्न समेत निर्देशन दिनु भएको छ । यसैबीच राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गर्नु भएको छ । खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ती वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बलुनहरू थिए । गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ । म स्पष्ट हुन चाहन्छु पछिल्ला दिनहरूमा हाम्रो आकाशमा देखिने शङ्कास्पद वस्तुहरूको सङ्ख्यामा अचानक बृद्धि भएको कुनै प्रमाण त छैन तर हामी जडान गरेका निगरानी राडरहरूले त्यस बारे थप जानकारी दिनेछन् ।   

राष्ट्रपति बाइडेनले केही समय अघि देखिएका ती तीन वस्तुहरू चिनियाँ जासुस बलुन कार्यक्रमसँग सम्बन्धित हुन् वा अन्य कुनै देशको निगरानी सम्यन्त्रसँग सम्बन्धित हुनसक्छन् भन्ने बारे थप अनुसन्धान आवश्यक रहेको बताउनु भएको छ । उहाँले अमेरिकाले आफ्नो आकाशमा देखेका हरेक मौसमी बलुनलाई गोली हान्ने त छैन तर ती जासुसीसँग सम्बन्धित छन् वा छैनन् त्यस बारे भने गम्भीर अध्ययन अनुसन्धान भने गर्ने बताउनु भएको छ ।  

उहाँले यदि कुनै वस्तुले अमेरिकी जनताको सुरक्षामा खतरा उत्पन्न गर्छ भने त्यसलाई नियन्त्रण गर्न अमेरिका सक्षम हुने पनि उहाँले  दाबी गर्नु भएको छ । राष्ट्रपति बाइडेनले ती तीन वस्तुहरू कुनै निजी कम्पनी, मनोरञ्जन वा अनुसन्धान संस्थाहरू, मौसम अध्ययन वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने बेलुनहरू पनि हुन सक्ने उहाँको धारणा छ । “अमेरिकाले चीनसँग “नयाँ शीतयुद्ध” चाहिरहेको छैन । हामी पनि चीनसँग घनिष्ट संलग्नता चाहान्छौं” राष्ट्रपति  बाइडेनले भन्नुभयो । अमेरिकी कूटनीतिज्ञहरू चिनियाँ समकक्षीहरूसँग निरन्तर सम्पर्कमा रहेर चीनका राष्ट्रपतिसँग संवाद जारी राख्ने राष्ट्रपति बाइडेनको धारणा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने