2026-10-24 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी महिलाहरू बच्चा जन्माउन किन अर्जेन्टिना गइरहेका छन् ?

फागुन ८, काठमाडौँ | हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार गत बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा छन् ।

ती महिलाहरुले अर्जेन्टिनामा आफ्नो बच्चा जन्माउन चाहन्छन् ता कि बच्चालाई अर्जेटिनाको नागरिकता प्राप्त होस् । स्थानीय मिडियाहरुका अुनसार युक्रेनमा चलिरहेको युद्धका कारण रुसी गर्भवतीहरू सुत्केरी हुनका लागि अर्जेन्टिना जाने क्रम बढेको हो । बिहीबार एकसाथ ३३ महिलाहरु एकै उडानबाट अर्जेन्टिनाको राजधानी ओर्लिएकोमा तीन जनालाई कागाजत नपुगेको भन्दै रोकिएको थियो ।

अर्जेन्टिनी नागरिकताका लागि तिकडम

आप्रवासन एजेन्सीकी प्रमुख फ्लोरेन्सिया केरिगनेनोले स्थानीय पत्रिकालाई बताए अनुसार त्यसअघि पनि ३ रुसी गर्भवती महिलालाई रोकिएको थियो । उनीहरूले सुरुमा पर्यटकको रुपमा अर्जेन्टिना आएको बताएका थिए । तर पछि उनीहरुले आफूहरु पर्यटनका लागि अर्जेन्टिना नआएको आफैं स्वीकार गरेका थिए ।

ती महिलाहरू अर्जेन्टिनामा बच्चा जन्माउने उद्देश्यका साथ आएको र आफ्ना बच्चाले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने चाहेको उनले बताइन् ।

रुसी पासपोर्टको तुलनामा अर्जेन्टिनी पासपोर्टलाई विश्वमा धेरै मान्यता रहेको हुँदा रुसी महिलाहरू बच्चा जन्माउन अर्जेन्टिना जाने गरेको उनको दाबी छ ।

रुसी पासपोर्टले विश्वका ८७ देशमा मात्र भिसा नलिइकन यात्रा गर्न सकिन्छ भने अर्जेन्टिनाको पासपोर्टबाट यात्रा गर्दा विश्वका १७१ देशमा भिसा चाहिँदैन ।

बच्चा अर्जेन्टिनामा जन्मिएपछि बच्चाका बुवाआमाले पनि अर्जेन्टिनाकै नागरिकता पाउने प्रक्रिया सुरु हुन्छ । रुसी नागरिकलाई अर्जेन्टिना जाँदा भिसा लगाउनु पर्दैन ।

अर्जेन्टिनामा रुसी महिलाका लागि बर्थ टुरिज्म फस्टाउँदै गएपछि अर्जेन्टिनामा बच्चा जन्माउन चाहने रुसी महिलाका लागि रुसमा विभिन्न खालका प्याकेजसमेत सार्वजनिक हुने गरेका छन् ।

बीबीसीका अनुसार एउटा रुसी वेबसाइटले अर्जेन्टिनामा बच्चा जन्माउन चाहने महिलाहरुका लागि पर्सनलाइज्ड बर्थ प्लान, एयरपोर्टबाट पिकअप गरेर लैजाने, स्पेनिस सिकाउने तथा अर्जेन्टिनाको राजधानीका उत्कृष्ट अस्पतालमा बच्चा जन्माउन लाग्ने खर्चमा छुट गराउनेलगायतका अफरको विज्ञापन गरेको छ । त्यसका लागि पाँच हजार देखि १५ हजार डलर सम्मको प्याकेज दिइएको छ ।

युक्रेन युद्धपश्चात् रुसी नागरिकहरुलाई युरोपलगायतका पश्चिमी मुलुकको भ्रमणका लागि भिसाा पाउन कठिनाइ हुँदै गएको छ । युरोपेली युनियनका देशहरू समेतले हाल रुसी नागरिकका लागि भिसा जारी गर्नमा रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने