2026-09-28 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फिलिपिन्समा विमान दुर्घटना : चारजनाको मृत्यु

फागुन ११, काठमाडौं | फिलिपिन्समा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र अस्ट्रेलियाका प्राविधिक सल्लाहकार साइमन चिपरफिल्ड र कार्ती सन्थानम रहेका छन् । 

उनीहरूको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो । चारै जना मानिस मनिलास्थित जियोथर्मल फर्म इनर्जी डेभलपमेन्ट कर्पका कर्मचारी रहेको सीएनएनले कम्पनीका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर आरलाई उद्धृत गर्दै उल्लेख गरेको 

सीएनएनले फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरण (सीएएपी) लाई उद्धृत गर्दै अल्बे प्रान्तको बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार उडान भरेपछि मनिला जाँदै गरेको सेसना ३४० विमानको हवाई ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भई दुर्घटना भएको जनाएको छ । आइतबार करिब ६ हजार फिटको उचाइमा भग्नावशेष भेटिएको थियो । पहिरोको जोखिम र ज्वालामुखी विस्फोट आदिको डरले खोजी कार्यमा कठिनाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह