2026-09-28 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रतिबद्धता

फागुन १३, किभ | युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो-याउनुभएको हो । 

दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन भएका छन्भने पश्चिमा राष्ट्रले रुसी ब्याङ्क, सैन्य क्षेत्रलगायत आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेका बेला उत्साहित युक्रेनी राष्ट्रपतिले रुसलाई परास्त गर्ने प्रण गर्नुभएको हो । 

 सात वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ । पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविकीले यmुत्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने बताउनुभएको छ । युक्रेनी विमान चालकहरूलाई लडाकु विमान उडाउने तालिम दिने प्रस्ताव पनि उहाँले अघि सार्नुभएको छ । 

रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले पोल्याण्डको सिमानाबाट आफ्नो भूमिमा हुने आक्रमणको जवाफ दिन रुस तयार रहेको बताउनुभएको छ । 

चीनले युक्रेन युद्धका सम्बन्धमा जारी गरेको १२ बुँदे अवधारणापछि राष्ट्रपति जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने योजनामा आफू रहेको बताउनुभएको छ । चीनले शान्ति वार्ताको थालनी तथा क्षेत्रीय सार्वभौमसत्ताको सम्मान गर्न युद्धरत पक्षलाई आह्वान गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको अवधारणपत्रमा अन्तर्राष्ट्रिय समुदायले शान्ति स्थापनाका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्नेमा जोड दिँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने पनि जनाएको छ ।

नागरिक संरचना र सुविधामा आक्रमण गर्न नहुने, महिला, बालबालिका र द्वन्द्वका अन्य पीडितहरूको सुरक्षा गरिनुपर्ने  युद्ध बन्दीका मौलिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै चीनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ननहुने बताएको छ । साथै उसले आणविक हतियारको धम्की वा प्रयोगको विरोध गर्दै आणविक सङ्कट निम्तिन नदिनेमा सबै चनाखो हुनुपर्ने बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह