2026-09-28 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मलेसियामा फेरि भीषण बाढी

फागुन १८, काठमाडौँ | मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् । 

बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  

दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन् । बुधवारको अविरल वर्षाले समस्या थपिएको छ । देशका पाँच राज्य बाढीको चपेटामा परेका छन् । सरकारी अधिकारीहरूका अनुसार  विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ । 

गत नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ । मौसम विज्ञान विभागले आगामी एप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ । जोहोर राज्यका सडक जलमग्न भएका छन् । केहीमा क्षति पनि भएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा सवारीसाधन, घर र पसल डुबेका देखिन्छन् । राष्ट्रिय बाढी प्रकोप नियन्त्रण निकायले पोष्ट गरेका तस्बिरमा बच्चालाई बाल्टिनमा बोकेर सुरक्षित स्थानमा लगिएको देखिन्छ । 

देशका २५ नदीमा पानीको सतह खतराको तहमा पुगेको उक्त निकायले जनाएको छ । भारी वर्षाका कारण हालसम्म एक सय दुई स्थानमा पटक पहिरो गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह