2026-10-24 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२५ वर्ष गृहिणी भएर काम गरेकी पूर्व श्रीमतीलाई २ करोड बढी क्षतिपूर्ति दिन अदालतको आदेश

एजेन्सी | घरमा गरेको बेतलबी घरेलु कामको क्षतिपूर्तिको रूपमा स्पेनको एउटा अदालतले हालै मालागाका एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २,०४,००० युरो (२ करोडभन्दा बढी रुपैयाँ ) दिन निर्देशन दिएको छ । 

अडिटी सेन्ट्रलका एक महिला जसले पछिल्लो २५ वर्षदेखि आफ्ना व्यापारी श्रीमान् र दुई छोरीहरूको रेखदेखमा बिताइन्, उनले आफ्ना सबै बेतलबी कामको क्षतिपूर्ति पाएकी छिन् । यो जोडीले आफू २० वर्षको आसपास हुँदा सन् १९९५ जुन महिनामा विवाह गरेका थिए र त्यसको अर्को महिनामै सम्पत्तिको विभाजनमा हस्ताक्षर गरे । उक्त डकुमेन्टमा पति–पत्नीले विवाहको समयमा प्राप्त गरेको सम्पत्तिको विशेष स्वामित्व राख्ने लेखिएको थियो । यो सम्झौता श्रीमानका लागि बढी फाइदाजनक भयो । श्रीमानले त्यो समयमा एकभन्दा बढी व्यवसाय सुरु गरिसकेका थिए भने श्रीमती भने घरको काम गर्न, दुई छोरीहरू हुर्काउनमा नै व्यस्त भइन् । 

‘उनी श्रीमानको छाया थिइन् । श्रीमान् व्यावसायिक रूपमा सफल होउन् भनेर  उनले घरको सबै कामको बोझ आफ्नो काँधमा उठाइन्,’ महिलाकी वकिलले अदालतसमक्ष भनिन् । ‘उनले आफ्नो सबै समय परिवारमा खर्चिन् । श्रीमानलाई व्यावसायिक सफलता दिलाउन छोरीसँगै बसिन् र घरमा सहयोग भनेर कसैलाई पनि राखिनन् ।’

तर १६ वर्षे छोरीको उच्च शिक्षाका लागि आफूले खर्च गर्न सक्दिनँ भन्दै छोरीलाई काम गर्न बाध्य पारेपछि भने श्रीमती रिसाइन् । त्यसपछि उनले सन् २०२० मा सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । सम्पत्ति विभाजनमा हस्ताक्षर गरेका कारण श्रीमानले घरको लगभग सबैजसो मूल्यवान् सामग्रीको अधिकार पाए जबकि उनकी श्रीमतीले भने घरको आधा हक मात्रै पाइन् ।

नाफामुखी जैतुनको तेल फार्म, विलासी कार र अन्य घर जग्गा श्रीमानको भागमा परेको र आफ्नो भने २५ वर्ष वैवाहिक सम्बन्धमा रहँदा त्यति धेरै दुःख गर्दा पनि हात लाग्यो शून्य भएपछि सन् २०२० डिसेम्बरमा क्षतिपूर्तिका लागि दाबी गर्ने निर्णय गरिन् ।

‘अन्य महिला झैँ, उनले आफ्नो सबै समय छोरी र घरका लागि खर्च गरिन् जबकि उनका श्रीमानलाई भने व्यावसायिक करियर सुधार्न पर्याप्त समय प्राप्त भयो,’ वकिल मार्टा फ्युन्टेसले भनिन् । ‘ र महिलाहरूले आफ्नो व्यावसायिक जीवनलाई भन्दा परिवारलाई दिएको महत्त्वलाई उच्च कदरका साथ सम्मान गर्नुपर्छ ।’

दुई वर्षसम्म चलेको मुद्दामा मालागाका न्यायाधिसले श्रीमतीलाई २५ वर्षसम्म घरमा काम गरेबापत २०४,००० युरो क्षतिपूर्ति दिन निर्देशन दियो । यसका साथै, दुई छोरीलाई प्रत्येक महिना हजार युरो र उनीहरूकी आमालाई ५०० युरो पेन्सन स्वरूप दिन पनि निर्देशन दिइयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने