2026-09-28 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तान : इमरान खानलाई पक्राउ गर्न नसकी फर्कियो प्रहरी

चैत १, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न उनकै घर पुगेको प्रहरी बल खाली हात फर्केको छ । 

खानका समर्थकहरूले प्रहरीको प्रतिकार गर्दै इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रूग्यास प्रहार गरेको थियो । 

मंगलवार खानलाई पक्राउ गर्न पुगेको प्रहरीले समर्थकहरूसँग बुधवार पनि भिडन्त गरेको थियो । लाहोरको जमान पार्कस्थित घरमा पक्राउबाट बच्नका लागि इमरान बसिरहेका छन् । 

तर खानले मार्च महिनाको अन्त्यतिर अदालती पुर्पक्षका लागि उपस्थित हुने एउटा प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् । 

खानविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपका सम्बन्धमा प्रहरीले पक्राउपुर्जी थमाउन खोजेको थियो । तर खानका समर्थकहरूले मानव ब्यारिकेड बनाएर प्रहरीलाई पक्राउ गर्न दिएका थिएनन् । 

बुधवार सुरक्षाकर्मीहरू फर्किएपछि अब खानलाई फेरि पछि पक्राउ गर्न कोशिश गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छैन । 

ट्विटरमा खानले आफ्नो घरबाहिर प्रहरीले प्रहार गरेको गोलीको खोकाको तस्वीर राख्दै निहत्था जनतामाथि प्रहरीबाट गोली प्रहार भएको आरोप लगाएका छन् । आफूलाई अपहरण गरी हत्या गर्न खोजिएको दाबी पनि उनले गरेका छन् । 

खानलाई पक्राउ गर्ने क्रममा भएको हिंसामा परी ३४ प्रहरी अधिकृत सहित ६९ जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह