१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविपछि दीपक मनाङ्गेको सांसद पद धरापमा

२ चैत्र २०७९, बिहीबार १०:५२

चैत २, काठमाडौं | मनाङको प्रदेशसभा २ बाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को पद धरापमा परेकाे छ। गुण्डा नाइकेका रुपमा परिचित मनाङ्गे प्रदेशसभा सदस्य हुनका लागि अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट निवेदनको सुनुवाइअघि बढेसँगै उनको पद धरापमा परेको हो।

अधिवक्ता विरेन्द्रराज कार्कीले गत पुस ११ गते उनी प्रदेशसभा सदस्य हुनका लागि अयोग्य रहेको दाबी गर्दै रिट निवेदन दर्ता गरेका थिए। उक्त रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ।


संवैधानिक इजलासले बाटोको म्यादबाहेक सात दिनभित्र मनाङ्गेसहित निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशसहित ६ निकायलाई कारण पेश गर्न भनेको छ।

संवैधानिक इजलासले लिखित जवाफ परेको दुई हप्ताभित्र रिट निवेदनको अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ। आदेशमा भनिएको छ, ‘…आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यार्थीहरुका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पर्ने अवधि व्यतित भएको दुई हप्ताभित्र नियमाअनुसार पेश गर्नू।’

मनाङ्गे प्रदेशसभा सदस्य हुन कसरी अयोग्य?

२०७४ सालको चुनावमा पनि मनाङ्गे त्यहीँबाट प्रदेशसभा सदस्यका लागि चयन भएका थिए। तर त्यसबेला उनको अयोग्यतामाथि प्रश्न नउठेकाले कार्यकाल पूरा गर्न पाए। अघिल्लो कार्यकालमा उनी प्रदेशको मन्त्रीसमेत बने।

प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ (छ) ले कुनै पनि व्यक्ति उम्मेदवार हुन फौजदारी अभियोगमा पाँच वर्ष वा सोभन्दा बढी सजाय पाएको अवस्थामा त्यो सजाय भुक्तान गरेको ६ वर्षपछि मात्रै प्रदेशसभा सदस्यका लागि उम्मेद्वार हुन पाउँछ।

प्रदेशसभा सदस्य उम्मेदवारको अयोग्यताबारे व्याख्या गर्दै उक्त दफामा उल्लेख गरिएको छ, ‘खण्ड (घ) र (ङ) मा उल्लिखित कसूरबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको।’

मनाङ्गेले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि खुकुरी प्रहार गरेपछि उनीविरुद्ध २०६१ सालमा काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतले त्यही साल मनाङ्गेलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय गर्‍यो।

सरकारी वकिलले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदनमाथि सुनुवाइ गर्दै २०६९ साउनमा जिल्लाको फैसला उट्याउँदै पाँच वर्ष कैद तोक्यो। त्यस पुनरावेदन अदालतको फैसलाअनुसार मनाङ्गे पाँच वर्ष कैदमा बस्नुपर्ने भए पनि दुई वर्ष र थप केही महिना मात्रै थुनामा बसेका छन्।

मनाङ्गेविरुद्धको ज्यान मार्ने उद्योग मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ। उनले पुनरावेदनले तोकेको कैद सजाय भुक्तान नै नगरेकाले दफा १३ (छ) अनुसारको ६ वर्षे अवधिको गणना नै गर्न नमिल्ने अवस्थामा गत असोज २३ गते दिएको उम्मेदवारी अवैधानिक रहेको निवेदक कार्कीको दाबी छ।

कानुनमा अन्तिम अदालतको आदेश मात्रै कार्यान्वन गरेको हुनुपर्ने भन्ने व्यवस्था नभएकाले मनाङ्गेले पाँच वर्ष कैदमा नबसेको देखिनेवित्तिकै उनले दिएको उम्मेदवारी स्वतः खारेज हुनेछ। स्वतन्त्र रुपमा निर्वाचित मनाङ्गेले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरे पनि कानुनी प्रक्रिया पूरा गरेका छैनन्।

बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, टंकबहादुर मोक्तान सम्मिलित संवैधानिक इजलासले मनाङ्गेविरुद्ध सर्वोच्चमै विचाराधीन रहेको ज्यान मार्ने उद्योग मुद्दाको मिसिल पनि पेश गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी