चैत २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले उपराष्ट्रपतिको विषयमा अझै निर्णय गरेको छैन । आज उपराष्ट्रपतिको चुनाव हुने दिन भएपनि सो पार्टीले सवा एक बजेसम्म कसलाई मतदान गर्ने भनेर निर्णय गरेको छैन । उपराष्ट्रपतिको मतदान गर्ने समय आज ३ बजेसम्म मात्रै तोकिएको छ । अहिले मतदान जारी छ ।
सो पार्टीका नेताहरुले बैठक जारी भएकाले केहीबेरमा निर्णय गर्ने बताएका छन् । ‘अझै निर्णय भएको छैन । अबको केहिबेरमा उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय हुन्छ, त्यसपछि सार्वजनिक हुन्छ’ रास्वपाका मनिष झाले भने । उपराष्ट्रपतिको चुनावको मतदान सकिन लाग्दा समेत रास्वपाले निर्णय गर्न नसक्दा धेरै चकित परेका छन् ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट २ जनाले उम्मेदवारी दिएका छन् । जसमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।