१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री कार्यालयको विधेयक मन्त्रीले प्रस्तुत गरेको भन्दै एमालेको विरोध

५ चैत्र २०७९, आईतवार ०८:५५

चैत ५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं उपस्थित हुँदा–हुँदै प्रधानमन्त्री कार्यालयको विधेयक अर्कै मन्त्रीले पेस गरेको भन्दै एमालेले विरोध जनाएको छ। प्रधानमन्त्रीले संसद्को अपमान गरेको भन्दै एमालेका तर्फबाट योगेश भट्टराई र रघुजी पन्तले विरोध जनाएका हुन्। 

संसद्‌मा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ। सञ्चार मन्त्री रेखा शर्माले पेस गरेकी छिन्।

यसमा आपत्ति जनाउँदै एमाले सचिवसमेत रहेका सांसद् भट्टराईले भने, ‘प्रधानमन्त्री स्वयं उपस्थित हुनुहुन्छ। सम्मानीय प्रधानमन्त्री नै उपस्थित भएको बेला अर्को मन्त्रीले प्रस्तुत गर्ने कुरा सुहाउँदो होइन। त्यसैले  सभामुखले नियमन गर्नुपर्छ।’

एमालेकै अर्का सांसद् रघुजी पन्तले पनि विशेष समय माग्दै संसद्को गरिमाको ख्याल गर्न आग्रह गरेका हुन्। उनले भने, ‘यो संसद्को गरिमा त्यो बेला बढ्छ, जब संसद्ले जन्माएको सरकारले त्यसको गरिमा कायम राख्छ। प्रधानमन्त्री संसद्‌मा उपस्थित हुँदा–हुँदै अर्को मन्त्रीलाई विधेयक पेस गर्न दिनु संसद्को अवहेलना हो।’

उनले यही संसद्ले सरकार जन्माएको बताउँदै अहिलेसम्म संसद्को शून्य समयमा उठेका कुराहरुको सरकारले सुनुवाइ नगरेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ