२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री कार्यालयको विधेयक मन्त्रीले प्रस्तुत गरेको भन्दै एमालेको विरोध

२०७९, ५ चैत्र आईतवार ०८:५५

चैत ५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं उपस्थित हुँदा–हुँदै प्रधानमन्त्री कार्यालयको विधेयक अर्कै मन्त्रीले पेस गरेको भन्दै एमालेले विरोध जनाएको छ। प्रधानमन्त्रीले संसद्को अपमान गरेको भन्दै एमालेका तर्फबाट योगेश भट्टराई र रघुजी पन्तले विरोध जनाएका हुन्। 

संसद्‌मा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ। सञ्चार मन्त्री रेखा शर्माले पेस गरेकी छिन्।

यसमा आपत्ति जनाउँदै एमाले सचिवसमेत रहेका सांसद् भट्टराईले भने, ‘प्रधानमन्त्री स्वयं उपस्थित हुनुहुन्छ। सम्मानीय प्रधानमन्त्री नै उपस्थित भएको बेला अर्को मन्त्रीले प्रस्तुत गर्ने कुरा सुहाउँदो होइन। त्यसैले  सभामुखले नियमन गर्नुपर्छ।’

एमालेकै अर्का सांसद् रघुजी पन्तले पनि विशेष समय माग्दै संसद्को गरिमाको ख्याल गर्न आग्रह गरेका हुन्। उनले भने, ‘यो संसद्को गरिमा त्यो बेला बढ्छ, जब संसद्ले जन्माएको सरकारले त्यसको गरिमा कायम राख्छ। प्रधानमन्त्री संसद्‌मा उपस्थित हुँदा–हुँदै अर्को मन्त्रीलाई विधेयक पेस गर्न दिनु संसद्को अवहेलना हो।’

उनले यही संसद्ले सरकार जन्माएको बताउँदै अहिलेसम्म संसद्को शून्य समयमा उठेका कुराहरुको सरकारले सुनुवाइ नगरेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति