चैत ५, काठमाडौँ | कास्कीकाे प्रहरीले एक नाबालिग छात्रालाई दुव्र्यवहार गरेको आरोपमा उनका बालकलाई नियन्त्रणमा लिएकाे छ । आराेपी बालक ‘पिडित’ छात्राका आफन्त हुन् ।
१४ वर्षकी छात्राले मामाकाे छाेरा (भाइ) बाट दुर्व्यवहार भएको भन्दै टिकटकमा भिडियाे पाेस्ट गरेकी थिइन् । उनकाे भिडियाे केही दिनदेखि भाइरल भइरहेकाे छ । बालिकाले प्रहरीमा जाहेरीसमेत दिएपछि प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीले बालिकाका अभिभावकसँग जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पर्क गरेको गरेको प्रहरीकाे बुलेटिनमा उल्लेख छ ।
बालकलाई नियन्त्रणमा लिएर आजै बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
आरोपी नावालिग भएकाले उनीमाथिको कारबाहीको विषयमा अस्पष्टता देखिएको प्रहरी स्रोतले बतायो ।