2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट एक नेपालीलाई देश निकाला (आइएसलाइ सघाएको आरोप)

September 23, 2016

असोज ७, काठमाडौँ | अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियाले एक नेपाली नागरिकलाई देश निकाला गरेको छ।

होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो समाचार हामीले आजको कान्तिपुर दैनिकबाट लिइएका हौ।

डिपोर्ट गरिएको भनिएका ती नेपाली नागरिकको नाम खुलाइएको छैन। उनीसहित बंगलादेशी र मोरोक्कोका नागरिक पनि पक्राउ परेका त्यहाँको प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । यी मध्ये नेपाली र बंगलादेशीलाई डिपोर्ट गरिएको छ भने मोरोक्कनलाई भने हिरासतमै राखिएको छ ।

नाम नखुलाइएको ३८ वर्षीय नेपाली नागरिकलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी अनुसन्धान पश्चात सेप्टेम्बर २ मा देश निकाला गरिएको प्रहरी प्रमुख खालिदले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली तथा बंगलादेशी व्यक्तिले मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका थिए,’ प्रहरी प्रमुख खालिदलाई उद्धृत गर्दै ढाका ट्रिब्युनडटकमले जनाएको छ, ‘नेपालीले आतंकवादीहरुलाई सहयोग पुग्ने गरी नक्कली कागजपत्र बनाएको सुरक्षा निकायको अनुसन्धानमा खुलेको हो भने ३७ वर्षीय बंगलादेशी नागरिक हतियार ओसारपसारमा संलग्न देखिएको छ ।’

होटल व्यवसायमा संलग्न बंगलादेशी नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गर्दै सुरक्षाकर्मी ।

यस्तै २६ वर्षीय मोरोक्कन नागरिक भने फलाम वेल्डरको रुपमा मलेसियामा कार्यरत रहेको र उनको ‘देइस’ उग्रवादी समूहमा आवद्ध रहेको देखिएको बताइएको छ।

पक्राउ परेपछि डिपोर्ट गरिएका सबैजनाको आतंकवादी संगठन देइसका मोहम्मद वान्डी मोहम्मद जेदीसँग साँठगाँठ रहेको देखिएको समाचारमा उल्लेख छ ।

प्रहरी प्रमुखले जारी गरेको विज्ञप्तीका उनीहरुलाई त्यहाँको अध्यागमन कानुनको १९५९/६३ प्रावधान अनुसार पक्राउ गरी देश निकाला गरिएको र मोरोक्कन नागरिकलाई भने हिरासतमै राखिएको बताइएको छ । खालिदलाई उद्धृत गर्दै पक्राउ परेका नेपालीलाई २० दिन अगाडि नेपाल डिपोर्ट गरेको उल्लेख गरिए पनि नेपालको अध्यागमन र सुरक्षा अधिकारीले अनविज्ञता जनाए ।

‘आतंकवादसँग जोडेर कुनै नेपालीलाई मलेसियाबाट डिपोर्ट गरेको विषयमा जानकारी आएको छैन,’ प्रहरी प्रवक्ता माधव जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले