2026-11-03 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

2026-11-03

काठमाडौँ | देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले उक्त रिट दायर गरेका हुन्। रिटमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको सिलिन्डर लिन पाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

उद्योगी र डिलरहरूको मिलेमतोमा बजारमा ग्यासको अभाव सिर्जना गरी उपभोक्तालाई फरक कम्पनीको नयाँ सिलिन्डर महँगोमा किन्न बाध्य पारिएको रिटमा जिकिर गरिएको छ। यस्तो कार्यबाट संविधानको धारा १६ ले प्रत्याभूत गरेको ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र धारा ४४ ले व्यवस्था गरेको गुणस्तरीय वस्तु/सेवा पाउने तथा क्षतिपूर्ति पाउने उपभोक्ताको अधिकार हनन भएको निवेदकको दाबी छ । सरकारले ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको भए पनि दसैँ–तिहारजस्ता चाडपर्वमा समेत कालोबजारी हुँदा विद्यार्थी, मजदुर तथा सर्वसाधारण उपभोक्ता मारमा परेको रिटमा उल्लेख छ। यस प्रकारको ठगी रोक्न जुनसुकै कम्पनीको ग्यास तत्काल साट्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेशको समेत माग गरिएको छ।

दशकौँदेखि उपभोक्ताहरू ग्यास कालोबजारीको सिकार हुन बाध्य भएको उल्लेख गर्दै निवेदक पोखरेलले एउटै व्यक्ति तथा परिवारले दर्जनौँ उद्योग सञ्चालन गरेर सिन्डिकेट चलाएकाले त्यसलाई कानुनी रूपमै रोक्नुपर्ने बताएका छन्। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ