२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्र यादव ‘फिरंगी’ हुन्, बारा-२ मा यादवविरुद्ध उम्मेदवारी दिन्छौं : राउत

२०७९, ८ चैत्र बुधबार ११:३३

चैत ८, बारा | जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् । जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई साथ दिएको छ ।  

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन् । उक्त खाली क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा जसपा अध्यक्ष उपेन्द्र यादव छन् । सप्तरी-२ मा मंसिर ४ मा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनु पर्छ ।’

जनमत पार्टी यहाँ नजितेसम्म परिवर्तन नहुने उनले बताए । ‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यादवविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे । ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ । तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति