2026-09-18 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

जीवनमा चार–पाँच जना साथी नै ठिक, योभन्दा बढी भए नकारात्मक असर पर्ने

चैत ३०, काठमाडौँ | जीवनमा कति साथी चाहिन्छ ? यसबारे तपाईंले कहिल्यै सोच्नुभएको छ ? तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ । सामाजिक सञ्जालको जमानामा साथीभाइको ठुलो सञ्जाल हुनु सामान्य कुरा हो । तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्ध विज्ञ एलिजाबेथ डे भन्छिन्, ‘धेरै नजिकका साथीहरू हुनुले तपाईंमा नकारात्मक असर पार्न सक्छ । मानिसहरूले तपाईंलाई कम गम्भीर रूपमा लिन थाल्छन् ।’

फ्रेन्डहोलिकमा एलिजाबेथले भनिन्, ‘साथीहरू चार–पाँच जना मात्रै ठिक’

एलिजाबेथले आफ्नो नयाँ पुस्तक ‘फ्रेन्डहोलिक’ मा चारदेखि पाँच जना साथी राम्रो मानसिक स्वास्थ्यका लागि राम्रो हुने बताएकी छन् । योभन्दा बढी भए फाइदा कम हुन्छ कि त हुँदै हुँदैन । सात जनाभन्दा बढी साथी हुने प्रवृत्तिलाई डिप्रेसनको बढ्दो लक्षणसँग जोडिएको पाइएको छ । एलिजाबेथले यो तथ्य आफैँसँग जोडिन् ।

वास्तवमा, उनले लकडाउनमा लामो समयसम्म एक्लो महसुस गरिन् । उनी भन्छिन्, ‘यस अवधिमा मैले धेरै साथीहरू बनाएँ र उनीहरूसँग सम्पर्कमा रहेँ । तर सबैसँग सम्पर्क कायम राख्न सम्भव भएन । कतिलाई त म चिन्दिन पनि । त्यसैले केही मानिसहरूको खराब साथी पनि भएँ । ’

एलिजाबेथ भन्छिन्, ‘जुन मानिसहरूका लागि तपाईं सबैकुरा छोड्नुहुन्छ । बिहान चार बजे पनि उनीहरूको फोन उठाउनुहुन्छ । सङ्कटमा उनीहरुले तपाईंलाई साथ दिन्छन् भन्ने विश्वास हुन्छ । यस्ता मानिसहरू मुठ्ठीभर हुन्छन् । सबैसँग नजिक नै हुनुपर्छ भन्ने छैन ।’

एलिजाबेथले आफ्ना साथीहरू बारे बताइन्

थुप्रै पटक गर्भपतन झेलिसकेकी एलिजाबेथ भन्छिन्, ‘दुःखका यस्ता पलले मूल्यवान् पाठ सिकाउँछन् कि तपाईंका साथी को हुन् ? म भाग्यमानी छु कि मैले यस्ता साथी पाएँ ।’ उनले सबैभन्दा मिल्ने साथी एम्माबारे बताइन् । एम्मा सधैँ उनीसँगै हुन्छिन् । यसको बदलामा एलिजाबेथ केही पनि चाहन्नन् । एलिजाबेथ भारत र एसियाली देशको शोधको उदाहरण दिन्छिन् । उनी भन्छिन्, ‘यहाँ मानिसहरू दोस्तीमा समानता र संस्कृतिलाई महत्त्व दिन्छन् । त्यसैले दोस्ती लामो समयसम्म टिकिरहन्छ ।’

ठुलो सर्कलको मतलब धेरै साथीहरू होइन : अध्ययन

धेरैजसो मानिसहरूले धेरै साथीहरू हुनु सामाजिक अन्तरक्रियाको लागि ठुलो बाधा हो भनेर बुझ्दैनन्, किनभने मानिसहरूले तपाईँ मित्रताको जिम्मेवारीहरू लिन कम सक्षम हुनुहुन्छ भनी ठान्छन् । जर्नल पर्सनालिटी एन्ड सोसल साइकोलोजीको शोध अनुसार मानिसहरू यस्ता मानिसहरूसँग जोडिन रुचाउँछन् जसका कम साथी छन् । यो तथ्यले यो कुरालाई गलत साबित गरिदिएको छ कि तपाईंको सर्कल ठुलो छ भने धेरै मानिस तपाईंको साथी बन्न चाहन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया