२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

जीवनमा चार–पाँच जना साथी नै ठिक, योभन्दा बढी भए नकारात्मक असर पर्ने

३० चैत्र २०७९, बिहीबार ०७:४३

चैत ३०, काठमाडौँ | जीवनमा कति साथी चाहिन्छ ? यसबारे तपाईंले कहिल्यै सोच्नुभएको छ ? तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ । सामाजिक सञ्जालको जमानामा साथीभाइको ठुलो सञ्जाल हुनु सामान्य कुरा हो । तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्ध विज्ञ एलिजाबेथ डे भन्छिन्, ‘धेरै नजिकका साथीहरू हुनुले तपाईंमा नकारात्मक असर पार्न सक्छ । मानिसहरूले तपाईंलाई कम गम्भीर रूपमा लिन थाल्छन् ।’

फ्रेन्डहोलिकमा एलिजाबेथले भनिन्, ‘साथीहरू चार–पाँच जना मात्रै ठिक’

एलिजाबेथले आफ्नो नयाँ पुस्तक ‘फ्रेन्डहोलिक’ मा चारदेखि पाँच जना साथी राम्रो मानसिक स्वास्थ्यका लागि राम्रो हुने बताएकी छन् । योभन्दा बढी भए फाइदा कम हुन्छ कि त हुँदै हुँदैन । सात जनाभन्दा बढी साथी हुने प्रवृत्तिलाई डिप्रेसनको बढ्दो लक्षणसँग जोडिएको पाइएको छ । एलिजाबेथले यो तथ्य आफैँसँग जोडिन् ।

वास्तवमा, उनले लकडाउनमा लामो समयसम्म एक्लो महसुस गरिन् । उनी भन्छिन्, ‘यस अवधिमा मैले धेरै साथीहरू बनाएँ र उनीहरूसँग सम्पर्कमा रहेँ । तर सबैसँग सम्पर्क कायम राख्न सम्भव भएन । कतिलाई त म चिन्दिन पनि । त्यसैले केही मानिसहरूको खराब साथी पनि भएँ । ’

एलिजाबेथ भन्छिन्, ‘जुन मानिसहरूका लागि तपाईं सबैकुरा छोड्नुहुन्छ । बिहान चार बजे पनि उनीहरूको फोन उठाउनुहुन्छ । सङ्कटमा उनीहरुले तपाईंलाई साथ दिन्छन् भन्ने विश्वास हुन्छ । यस्ता मानिसहरू मुठ्ठीभर हुन्छन् । सबैसँग नजिक नै हुनुपर्छ भन्ने छैन ।’

एलिजाबेथले आफ्ना साथीहरू बारे बताइन्

थुप्रै पटक गर्भपतन झेलिसकेकी एलिजाबेथ भन्छिन्, ‘दुःखका यस्ता पलले मूल्यवान् पाठ सिकाउँछन् कि तपाईंका साथी को हुन् ? म भाग्यमानी छु कि मैले यस्ता साथी पाएँ ।’ उनले सबैभन्दा मिल्ने साथी एम्माबारे बताइन् । एम्मा सधैँ उनीसँगै हुन्छिन् । यसको बदलामा एलिजाबेथ केही पनि चाहन्नन् । एलिजाबेथ भारत र एसियाली देशको शोधको उदाहरण दिन्छिन् । उनी भन्छिन्, ‘यहाँ मानिसहरू दोस्तीमा समानता र संस्कृतिलाई महत्त्व दिन्छन् । त्यसैले दोस्ती लामो समयसम्म टिकिरहन्छ ।’

ठुलो सर्कलको मतलब धेरै साथीहरू होइन : अध्ययन

धेरैजसो मानिसहरूले धेरै साथीहरू हुनु सामाजिक अन्तरक्रियाको लागि ठुलो बाधा हो भनेर बुझ्दैनन्, किनभने मानिसहरूले तपाईँ मित्रताको जिम्मेवारीहरू लिन कम सक्षम हुनुहुन्छ भनी ठान्छन् । जर्नल पर्सनालिटी एन्ड सोसल साइकोलोजीको शोध अनुसार मानिसहरू यस्ता मानिसहरूसँग जोडिन रुचाउँछन् जसका कम साथी छन् । यो तथ्यले यो कुरालाई गलत साबित गरिदिएको छ कि तपाईंको सर्कल ठुलो छ भने धेरै मानिस तपाईंको साथी बन्न चाहन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो