रामप्रसाद ढुंगेल/असोज ८, युएई ।वैदेशिक रोजगारीको क्रमा यु.ए.ई.मा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई आगामी दसैंको महा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रामप्रसाद ढुंगेल/असोज ८, युएई ।वैदेशिक रोजगारीको क्रमा यु.ए.ई.मा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई आगामी दसैंको महा"/>

१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा रहेका झापालीहरुले ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई लुगा तथा मिष्ठान्न भोजन प्रदान गर्ने

८ आश्विन २०७३, शनिबार १२:४६


रामप्रसाद ढुंगेल/असोज ८, युएई ।वैदेशिक रोजगारीको क्रमा यु.ए.ई.मा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई आगामी दसैंको महाअष्ठमीको अवसरमा नयाँ लुगा तथा मिष्ठान्न भोजन प्रदान गर्ने भएका छन् ।  

एकता, सहयोग र सहकार्यको लागि युएईमा क्रियाशील झापाली समाज, यु.ए.ई.का सबै क्षेत्रीय समितिहरुको अग्रसरतामा यो कार्यक्रम हुन लागेको झापाली समाज, रास अल खेमा क्षेत्रीय कमिटीका अध्यक्ष खगेन्द्र बुढाथाकीले जानकारी दिएका छन् । 

जेष्ठ नागरिक मञ्च झापाका सदस्य गोपाल काफ्ले र झापाली समाज यु.ए.ई.का आजीवन सदस्य अग्नि दाहालले झापाका तीन वटा वृद्धाश्रममा गएर त्यहाँका वृद्धवृद्धाहरुको अवस्था यु.ए.ई.मा रहेको झापाली समाजका पदाधिकारीलाई अवगत गराएपछि यो कार्यक्रम गर्न लागिएको हो ।

परोपकार तथा अनुसन्धान केन्द्र विर्तामोडद्वारा सञ्चालित वृद्धाश्रममा रहेका १९ जना,  श्री कृष्ण प्रणामी सत्संघ सेवा परिषद्द्वारा कन्काई नगरपालिका–४ मा रहेको वृद्धाश्रममा रहेका १४ जना वृद्धवृद्धा र शिवसताक्षी–९ मा रहेको लक्ष्मीनारायण माई वृद्धाश्रममा रहेका ३७  जना वृद्धवृद्धाहरुलाई सम्बन्धित स्थानमै समाजका पदाधिकारीहरु पुगेर लत्ताकपडा तथा भोजन गराउने कार्यक्रम रहेको यस कार्यक्रममा परिकल्पनाकार तथा झापाली समाज यु.ए.ई. राक क्षेत्रीय कमिटीका सचिव सुनील चौहानले बताए ।

आफ्नो नियमित बिदालाई दसैंको सम्मुख पारेर उक्त कार्यक्रममा झापाली समाज, यु.ए.ई.का महासचिव टेकनाथ अधिकारी, कोषाध्यक्ष दुर्गेश सापकोटा, प्रवक्ता आरपी सहयात्री, राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकी, सचिव सुनील चौहान, अबुधाबी क्षेत्रीय अध्यक्ष हिमाल अधिकारी, दुबई क्षेत्रीय सदस्य उर्मिला बस्नेत लगायत करिब १ दर्जनभन्दा बढी पदाधिकारी उक्त कार्यक्रममा प्रत्यक्ष भाग लिन नेपाल आउने भएका छन् । यसभन्दा अघि उक्त कार्यक्रमको प्रारम्भिक स्थलगत रिपोर्ट तयार पारेर सारजहा क्षेत्रीय सदस्य अग्नि दाहाल युएई फिर्ता भइसकेका छन् । 

सामाजिक उत्तरदायित्वको भावनाले यो कार्यक्रम गर्न लागिएको झापाली समाज, अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष होमनाथ अधिकारी (हिमाल)ले बताए । उक्त कार्यक्रमलाई सफल बनाउन दुबईमा रहेका आफ्ना पदाधिकारीहरुलाई परिचालन गरिएको दुबई क्षेत्रीय कमिटीका उपाध्यक्ष टेकबहादुर अधिकारीले बताएका छन् । 

सहाराविहीन वृद्धवृद्धालाई एकसरो नयाँ लुगा दिने कार्यलाई सारजहामा रहेका झापालीहरुले तन, मन र धनले सहयोग गरेको सारजहा क्षेत्रीय कमिटीका अध्यक्ष रामकुमार राउतले बताएका छन् । त्यसरी नै अलऐन क्षेत्रबाट पनि त्यहाँका झापालीहरुले सहयोग गर्ने झापाली समाज, एलऐन क्षेत्रीय सल्लाहकार संयोजक किशोर केसीले जानकारी दिएका छन् । फुजेरा, उमअल क्वीम साथै अजमानमा रहेका झापालीहरु यस कार्यमा उत्साहपूर्वक सहभागी बन्ने जानकारी अजमानमा रहेका झापालीहरुको प्रतिनिधित्व गर्दै झापाली समाज यु.ए.ई.का केन्द्रीय सदस्य मित्रलाल पोखरेलले बताएका छन् । 

सहयोग गर्नेको ताँती युएईदेखि नेपालसम्मै

झापाली समाज यु.ए.ई.को यस मानवीय सहयोग अभियानलाई मन पराएर आर्थिक सहयोग गर्नेहरुको ताँती लागेको छ । समाजका सबै क्षेत्रीय समितिका पदाधिकारीहरुले व्यक्तिगत रुपमा करिब ७ सय ५० रुपैयाँका दरले आर्थिक सहयोग गरिरहेको झापाली समाज, दुबई क्षेत्रीय समितिका अध्यक्ष दिपक बस्नेतले बताएका छन् । 

झापाली समाजको दुबई क्षेत्रीय समितिका सचिव प्रेम अधिकारीले यस अभियानमा युएईबाटै ५ हजार १ रुपैयाँको आर्थिक सहयोग गर्ने बताएका छन् ।

झापाली समाज यु.ए.ई.का महासचिव टेकनाथ अधिकारी जानकारी गराए अनुसार  शिवसताक्षी–१ निवासी आफ्ना मातापिता विष्णुमाया र वासुदेव अधिकारीले उक्त अभियानका लागि ९ हजार ९ सय ९९ रुपैयाँ सहयोग गर्ने भएका छन् । 

समाजका केन्द्रीय सदस्य किशोर केसीका ज्यामिरगढी–३ निवासी मातापिता रेणुका र डम्बरबहादुर केसीले उक्त कार्यका लागि नेपालबाटै ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । 

त्यसरी नै नेपाल पत्रकार महासंघ यु.ए.ई. शाखाका कोषाध्यक्ष तथा झापाली समाजका आजीवन सदस्य मेघराज सापकोटाले बुधबारे–३, होक्से निवासी आफ्ना मातापिता पदमकुमारी र पे्रमप्रसाद सापकोटाको उपस्थितिमा ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । 

झापाली समाज अलऐन क्षेत्रीय सदस्य डिल्ली हुमागाईंले बुधबारे–७ निवासी आफ्ना मातापिता राधिका र गणेशप्रसाद हुमागाईंको सहभागितामा यस पुण्यकाममा ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको क्षेत्रीय संयोजक केसीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने