२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फराकिलो अग्रतासंगै रवि लामिछानेको जित सुनिश्चित, पहिलेको रेकर्ड भेट्न ३४२२ मत बाँकी

२०८०, १२ बैशाख मंगलवार ०४:२९

वैशाख १२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले चितवन–२ को उपनिर्वाचनका लोकप्रिय मत पाएर जित सुनिस्चित गरेका छन् । 

जारी मतगणनामा अझै मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धीलाई निकै पछाडी छाडेका छन् । मत परिणाम अनुसार लामिछानेले ४५८४२ मत पाईसकेका छन् । यो क्षेत्रबाटै गत मङ्सिरमा भएको निर्वाचनमा लामिछानेले ४९२६४ मत प्राप्त गरेका थिए । अझै २० हजार भन्दा बढी मत गन्न बाँकी छँदा लामिछानेले ३४२२ मत मात्र पाएमा पहिले पाएको मतको रेकर्ड भेट्न सक्छन् । 


हाल सम्मको मत परिणाम अनुसार लामिछाने एक्लैलाई ७० प्रतिशत भन्दा बढी मत आईरहेको छ । अघिल्लो निर्वाचनमा उनले ५९ प्रतिशत मत पाएर बिजयी भएका थिए । आज मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । 

जारी मत परिणाम अनुसार दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार ८४२५ मत पाएका छन् भने ८३२९ मत पाएर एमालेका राम प्रसाद न्यौपाने तेश्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने