२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचाररूपी अजिङ्‍गरले सिंगो समाजलाई सास फेर्न नसक्नेगरी बेर्‍यो : झलनाथ खनाल

२०८०, १ जेष्ठ सोमबार ०५:५०

जेठ १, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसक्ने दाबी गरेका छन् ।

अनेरास्ववियूको ५९ औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रगतिशील, न्यायप्रेमी, लोकतान्त्रिक, देशभक्त र समाजवादी युवा विद्यार्थीहरूमा नयाँ चिन्तन, सक्रियता हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर, देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररुपी अजिङ्गरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवि युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलियातिर लाग्न बाध्य भइरहेका छन् ।’

अझैसम्म देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्नेमा नै अन्योलग्रस्त र दिशाहीन भएको खनालको बुझाइ छ ।

‘युवाहरू आजका सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद मात्र हो । समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्नसक्छ । त्यसैले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समातौं, समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याऔं’, उनले भनेका छन् ।

दलाल पूँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित हुँदै आम क्रान्तिकारी जनतालाई गोलबन्द गर्दै समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक अघि बढ्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु