2026-09-30 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् । सभापति थापाले आफ्नै बहुमत भएको सदनप्रति सरकारको विश्वास नरहेको बताए । ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ,’ उनले भने, ‘संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रस्ट पार्छ ।’

संसद् छलेर अध्यादेश ल्याउने सरकारको तयारीप्रति लक्षित गर्दै उनले नागरिकलाई केही जानकारी दिनु नपर्ने प्रवृत्तिको आलोचना गरे। सांसदहरूकै अनुरोधमा बैठक स्थगित गरिएको भनेर भ्रामक प्रचार गरिएको भन्दै थापाले यसलाई ‘सरासर ढाँटेको र हेपेको’ संज्ञा दिए ।

संवैधानिक परिषद्को बनोटका विषयमा चर्चा गर्दै उनले विगतका प्रधानमन्त्रीहरूले जस्तै अहिले पनि आफू अनुकूल चलखेल गर्ने काम जारी रहेको बताए। ‘हामी सुधारको पक्षमा छौं र संवैधानिक निकायको नियुक्तिमा व्यापक परिवर्तन गर्ने पक्षमा थियौं,’ उनले भने, ‘तर प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी ढंगले अघि बढ्न खोजिएको छ ।’शासकीय सुधारका काममा सरकारलाई सहयोग गर्न तयार रहे पनि सदन र अन्य दललाई पेलेर जाने प्रवृत्ति विरुद्ध कांग्रेस चुप नबस्ने उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही