2026-10-20 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् । सभापति थापाले आफ्नै बहुमत भएको सदनप्रति सरकारको विश्वास नरहेको बताए । ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ,’ उनले भने, ‘संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रस्ट पार्छ ।’

संसद् छलेर अध्यादेश ल्याउने सरकारको तयारीप्रति लक्षित गर्दै उनले नागरिकलाई केही जानकारी दिनु नपर्ने प्रवृत्तिको आलोचना गरे। सांसदहरूकै अनुरोधमा बैठक स्थगित गरिएको भनेर भ्रामक प्रचार गरिएको भन्दै थापाले यसलाई ‘सरासर ढाँटेको र हेपेको’ संज्ञा दिए ।

संवैधानिक परिषद्को बनोटका विषयमा चर्चा गर्दै उनले विगतका प्रधानमन्त्रीहरूले जस्तै अहिले पनि आफू अनुकूल चलखेल गर्ने काम जारी रहेको बताए। ‘हामी सुधारको पक्षमा छौं र संवैधानिक निकायको नियुक्तिमा व्यापक परिवर्तन गर्ने पक्षमा थियौं,’ उनले भने, ‘तर प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी ढंगले अघि बढ्न खोजिएको छ ।’शासकीय सुधारका काममा सरकारलाई सहयोग गर्न तयार रहे पनि सदन र अन्य दललाई पेलेर जाने प्रवृत्ति विरुद्ध कांग्रेस चुप नबस्ने उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ