2026-09-30 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानसँग नेपालको फराकिलो हार

काठमाडौँ | ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ । यो जितसँगै ओमानले लिग–२ मा ३१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २६ खेल खेल्दा १४ जित र नौ हार व्यहोरेको छ । ओमानको तीन खेल भने रद्द भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न उक्त खेल ३६.५ ओभरमा पुगेपछि वर्षाका कारण रोकिएको थियो । ओमानले प्रस्तुत गरेको ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । यसपछि, अम्पायरले डीएलएस प्रणालीका आधारमा ओमान १०२ रनले विजयी भएको घोषणा गरेका हुन् । ओमानको जितमा नदिम खानले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका नदिमले ४२ रन खर्चिए । शकिल अहमदले दुई विकेट लिँदा मोहम्मद इम्रान र वसिम अलिले समान एक विकेट लिए ।

नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले ६२ बलमा सात चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले २८ रन बनाए । आशिफ शेखले १९ रन जोडे । आरिफ शेख र अविजित रहेका गुल्सन झाले समान १४ बनाउँदा कप्तान रोहित पौडेलले १० रन बनाए । त्यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०५ रनको योगफल खडा गरेको थियो । ओमानका जतिन्दरले १३० रनको उत्कृष्ट इनिङ खेले । उनले ९६ बलमा १५ चौका र पाँच छक्का प्रहार गरे ।

जतिन रामानन्दीले ४३ रन जोडे । आयर्न विस्टले ३५, हम्माद मिर्जाले ३० रन, आशिष ओदेडरा र विनायक शुक्लाले समान २३ रन बनाउँदा वसिम अली १२ रनमा अविजित रहे । तेस्रो विकेटका लागि जतिन्दर र हम्मादबीच ८१ रनको साझेदारी भएको थियो । पहिलो विकेटका लागि जतिन्दर र आशिषले ८० रनको साझेदारी गरेका थिए । नेपालका सोमपाल कामीले सर्वाधिक चार विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । हारसँगै नेपाल प्रतियोगितामा २२ खेल्दा १४ अंकमा सीमित भएको छ । नेपालले २२ खेल खेल्दा ६ जित र १३ हार व्यहोरेको छ । घरेलु टोलीको दुई खेल भने रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही