2026-10-20 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानसँग नेपालको फराकिलो हार

काठमाडौँ | ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ । यो जितसँगै ओमानले लिग–२ मा ३१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २६ खेल खेल्दा १४ जित र नौ हार व्यहोरेको छ । ओमानको तीन खेल भने रद्द भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न उक्त खेल ३६.५ ओभरमा पुगेपछि वर्षाका कारण रोकिएको थियो । ओमानले प्रस्तुत गरेको ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । यसपछि, अम्पायरले डीएलएस प्रणालीका आधारमा ओमान १०२ रनले विजयी भएको घोषणा गरेका हुन् । ओमानको जितमा नदिम खानले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका नदिमले ४२ रन खर्चिए । शकिल अहमदले दुई विकेट लिँदा मोहम्मद इम्रान र वसिम अलिले समान एक विकेट लिए ।

नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले ६२ बलमा सात चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले २८ रन बनाए । आशिफ शेखले १९ रन जोडे । आरिफ शेख र अविजित रहेका गुल्सन झाले समान १४ बनाउँदा कप्तान रोहित पौडेलले १० रन बनाए । त्यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०५ रनको योगफल खडा गरेको थियो । ओमानका जतिन्दरले १३० रनको उत्कृष्ट इनिङ खेले । उनले ९६ बलमा १५ चौका र पाँच छक्का प्रहार गरे ।

जतिन रामानन्दीले ४३ रन जोडे । आयर्न विस्टले ३५, हम्माद मिर्जाले ३० रन, आशिष ओदेडरा र विनायक शुक्लाले समान २३ रन बनाउँदा वसिम अली १२ रनमा अविजित रहे । तेस्रो विकेटका लागि जतिन्दर र हम्मादबीच ८१ रनको साझेदारी भएको थियो । पहिलो विकेटका लागि जतिन्दर र आशिषले ८० रनको साझेदारी गरेका थिए । नेपालका सोमपाल कामीले सर्वाधिक चार विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । हारसँगै नेपाल प्रतियोगितामा २२ खेल्दा १४ अंकमा सीमित भएको छ । नेपालले २२ खेल खेल्दा ६ जित र १३ हार व्यहोरेको छ । घरेलु टोलीको दुई खेल भने रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ