2026-09-30 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन

काठमाडौँ | उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध गरिएको कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ। २४ घण्टाको अवधिमा दुई हजार ४८९ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ४९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७० जना तथा तीव्र गतिमा सवारी चलाउने ११२ जनामाथि कारबाही गरिएको हो। यस्ता उल्लङ्घनले सडक सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले प्रहरीले कडाइका साथ निगरानी बढाएको जनाएको छ। त्यस्तै, लेन अनुशासन पालना नगर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२१ जना, निर्धारित स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने ६२ जना र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ३२८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमितरूपमा चेकजाँच तथा निगरानीलाई तीव्र बनाएको बताएको छ। पछिल्लो समय उपत्यकामा सवारी साधनको चाप बढ्दै जाँदा नियम उल्लङ्घनका घटना पनि बढेको देखिएकाले सचेतना अभिवृद्धिसँगै कारबाहीलाई पनि प्रभावकारी बनाइएको जनाइएको छ।

प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न,मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको लेन प्रयोग गर्न र सडक सुरक्षासम्बन्धी आधारभूत मापदण्डको पालना गर्न आग्रह गरेको छ। नियमको पालना भएमा दुर्घटना न्यूनीकरण हुनुका साथै सडक व्यवस्थापन पनि सहज हुने ट्राफिक प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही