2026-10-20 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनमा नयाँ नेतृत्वको टिम तयार पार्ने प्रस्ताव आफूले नै अघि सार्ने बताएका छन्। रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अब आफूलाई अध्यक्ष भइरहन रुची नभएको बताए। यद्यपि, पार्टीभित्र पुस्तान्तरणको चर्चा भए पनि त्यसलाई उमेरसँग मात्र जोडेर हेर्न नहुने स्पष्ट पारे। नेतृत्वको छनोट विचार, नीति र एजेन्डाका आधारमा हुनुपर्ने बताए।

उनले भने, ‘हामीले पुस्तान्तरण भनैकै छैनौँ, पार्टीमा उत्तराधिकारी नयाँ उत्तराधिकारी तयार पार्ने भन्ने भाषा प्रयोग गर्छौँ। मैले गएको केन्द्रीय समिति माओवादी केन्द्र हुँदा नै अब नेतृत्वमा बसी राख्ने मेरो रुचि छैन। साथीहरूले तयारी गर्नुहोस्, म सहयोग गर्छु भनेको हुँ। महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो, तपाईँहरूलाई भ्रम छ।’

प्रत्येक कमिटीमा निश्चित प्रतिशत युवालाई समावेश गर्ने निर्णय भएको बताए। पार्टीलाई गतिशील बनाउन थ्री इन वान सिद्धान्तअनुसार अनुभवी, प्रौढ र युवा तीनै तहका नेताहरूबीच सन्तुलन आवश्यक रहेको बताए। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अचानक सुरु भएको वा कुनै एक घटनापछि मात्रै आएको विषय नभई पार्टीको दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ