४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौं आउँदाआउँदै धादिङबाटै फर्केका थिए टोपबहादुर

१ जेष्ठ २०८०, सोमबार ०८:४१

जेठ १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख तेस्रो साता नै काठमाडौं आउँदाआउँदै बीच बाटोबाटै फर्किएको खुलेको छ ।

त्यसपछि ११ दिनसम्म सम्पर्कविहीन भएका उनलाई प्रहरीले आइतबार बेलुकी बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ । टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका बेला उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएका थिए । त्यसपछि भैरहवा विमानस्थल हुँदै काठमाडौं जाने भनेर उनी बुटवलसम्म आएका थिए । त्यहाँबाट प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग उनले टेलिफोन गरी आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीबारे जिज्ञासा राख्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको जिकीर गरेका थिए ।

कुँवरले भने काठमाडौं प्रहरीमै आएर आफ्ना कुरा राख्न भनेका थिए । त्यसपछि काठमाडौं आउँछु भनेका उनी भैरहवा क्षेत्रबाटै सम्पर्कविहीन भएका थिए । तर टोपबहादुर सडकमार्ग हुँदै काठमाडौं आउँदै गरेको सूचना पाएर प्रहरीले निगरानी बढाएको थियो। काठमाडौं नपुग्दै प्रहरीले आफूलाई पक्राउ गर्ने सूचना पाएपछि उनी धादिङबाटै फर्किएका थिए। त्यसपछि चालक र एक जना सहयोगीमात्र टोपबहादुरको गाडीमा काठमाडौंतर्फ आएका थिए ।

प्रहरी स्रोतले भन्यो, ‘टोपबहादुरको गाडीलाई खानी खोला प्रहरीले रोकेको थियो । गाडीमा चालक र एक जना सहयोगीमात्र थिए । माननीय ज्यू खोइ त भनेर सोध्दा उहाँ बुटवलतिरै हुनुहुन्छ भनेर प्रहरीलाई भनिएको थियो ।’

काठमाडौं प्रहरी परिसरमा आफैं आउँछु र अनुसन्धानमा सघाउँछु भनेका टोपबहादुर फरार भएपछि उनलाई पक्रन प्रहरीमाथि दबाव बढेको थियो । केन्द्रीय समितिको बैठकमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीबाट दुर्व्यवहार हुने आशंका टोपबहादुरले व्यक्त गरेर सम्पर्कविहीन भएको जानकारी गराएका थिए । तर टोपबहादुर प्रहरीमा पुगेर अनुसन्धानमा सघाउनुपर्ने ओलीले बताएका थिए । केन्द्रीय समितिको बैठक अघि बसेको सचिवालय बैठकले टोपबहादुरलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

प्रहरीमा आत्मसमर्पण गर्न दबाव बढ्दै गएको बेला विशेष व्युरोको टोलीले टोपबहादुरलाई आइतबार बेलुका काठमाडौंको बुढानीलकण्ठस्थित एक व्यक्तिको घरबाट नियन्त्रणमा लिएको थियो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले टोपबहादुरका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो । टोपबहादुरलाई प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ । अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ