असोज ११, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ ।
"/>
असोज ११, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ ।
जुन ब्रिज नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ । यदी काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले योजना अनुसार आफ्नो काम सम्पादन गर्ने हो भने अबको दुई बर्षभित्रै अत्याधुनिक पुल काठमाडौंको बिजुलीबजारमा बन्नेछ । जुन पुल बनाउनको लागि काम समेत सुरु भईसकेको छ ।
यो आयोजनाका अनुसार बिजुलीबजारको पुलको लागत १२ करोड रूपैयाँ छ भने बागमती नदीमा बन्ने पुलको लागत २१ करोड लाग्नेछ । बिजुलीबजारमा बन्ने ५० मिटर लामो पुल निर्माणको जिम्मा जेइ कन्सट्रक्सनले लिंदैछ भने ८५ मिटर लामो बन्न लागेको बाग्मती पुलको निर्माण पप्पु कन्सट्रक्सनले लिँदैछ ।
यी पुलहरु बनेपछि काठमाडौँको सुन्दरता अझै बढ्ने बिश्वास गरिएको छ ।