२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रघुजी पन्तको घोचपेचपछि प्रधानमन्त्रीले भने- मेरो तौल घटिराख्या छ

२०८०, ४ जेष्ठ बिहीबार ०८:५१

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीचको सवालजवाफका क्रममा केही घोचपेच पनि चलेको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई ‘ह्यान्डसम र खाइलाग्दो देखिएको’ भन्दै कटाक्ष गरेका थिए ।

पन्तले भने, ‘पाँच महिनापछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने सुदिन आएको छ । प्रधानमन्त्रीज्यूलाई हेर्न विशेष समयमा बोल्नुपर्‍यो, आकस्मिक समयमा पनि बोल्नुपर्‍यो । प्रधानमन्त्रीसँग छलफल गर्न पाइयोस् भनेर पटक पटक आग्रह गरियो । जिरो आवरमा प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने, सूचना जारी गर्नुपर्ने अवस्था पनि आयो ।’


त्यसपछि उनले थपे, ‘आज धेरै दिनपछि दखेर हो कि मेरो आँखालाई भ्रम परेको त होइन होला । प्रधानमन्त्रीज्यू बडो ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ । झन् दौरा सुरुवाल लगाएर होला निकै खाइलाग्दो देखिनुभएको छ । कामना छ भोलिका दिनमा जनता पनि प्रधानमन्त्री जस्तै छिट्टै खाइलाग्दा होऊन् ।’

त्यसपछि पन्तले आफ्नो प्रश्न राखे, जुन भारतसँगको सम्बन्धका विषयमा थियो । जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफूलाई ह्यान्डसम भनेकोमा धन्यवाद दिए ।

‘माननीय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भनौं कि व्यंग्य भनौं, म धेरै खाइलाग्दो त देखिएको छैन । मेरो तौल घटिरहेको छ । देख्दा तपाईंले राम्रो देख्नुभएको छ । त्यसका लागि तपाईंको आँखालाई पनि धन्यवाद’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु