२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पक्राउ पुर्जी जारी भएका कम्तिमा १६ जना पक्रन बाँकी, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

२०८०, ४ जेष्ठ बिहीबार ०९:०६

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने काम अन्तिम चरणमा पुगेको छ ।

‘सम्भवतः शुक्रबार हामी प्रतिवेदन बुझाउने छौं’, परिसरका एक अधिकारीले भने । यो प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् । बिहीबारमात्र हज कमिटीका अध्यक्ष शमशेर मिया पक्राउ परेका थिए । सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परिसकेका छन् ।

पुर्जी जारी भएका १६ जना अझै पक्राउ परेका छैनन् । फरार हुनेहरुमा राईका छोरा निरज र बादलका छोरा प्रतिकसहित छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको अर्बभन्दा बढीको ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जना विचौलियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

त्यसयता ठगी मुद्दालाई संगठित अपराधमा लगेर हिरासतमा राखेर अनुसन्धान गर्ने समयलाई ६० दिनमा पुर्‍याइएको थियो । प्रहरीका अनुसार पीडितले जनही २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको आरोप लगाएका छन् । भुटानी शरणार्थी समस्या समाधान गर्न गठन भएको कार्यदलले तयार गरेको प्रतिवेदनमा पछि नेपालीको नाम पनि समावेश भएको पाइएपछि हाइप्रोफाइलहरु तानिएका हुन् ।

कार्यदल गठन गर्नुअघिदेखि नेपाललाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गिरोह सक्रिय भएको र त्यसको नेक्सस माथिसम्म रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन आएपछि मात्र कति जना प्रतिवादी कायम हुनेछन् भन्नेबारे भन्न सकिने बताए । ‘अहिलेसम्म १५ जना पक्राउ छन् भने अन्य १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्था छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा