2026-09-03 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अफगानिस्तानमा नेपाली कामदारलाई ‘बुलेट प्रुफ गाडी’ !

साउन ११, काठमाडौं | द्वन्द्ग्रग्रस्त अफगानिस्तानमा नेपाली कामदारलाई बुलेट प्रुफ गाडीको ब्यबस्था भए अफगानिस्तानमा रोजगारी खूला गर्ने तयारी सरकारले गरेको खुलाशा भएको छ । 

श्रम तथा रोजगारमन्त्री गुरुङ्गले द्वन्द्वग्रस्त अफगानिस्तानमा सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा सुरक्षा गार्डको रोजगारी खुल्ला गर्ने तयारी भइरहेको बताएका हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रम मन्त्री शुर्यमान गुरुङ्गले अफगानिस्तानमा नेपाली सुरक्षा गार्ड पठाउने विषयमा चौतर्फी दबाब आएकोले मन्त्रिपरिषद्को आगामी बैठकबाट सुरक्षा गार्ड पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको बताए ।

यसबारेमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीच पटक–पटक छलफल समेत भएको मन्त्री गुरुङ्गले जानकारी दिएका छन् ।

मन्त्री गुरुङ्गले नेपालस्थित अमेरीकी र बेलायती राजदूतहरुले पटक–पटक भेटेर अफगानिस्तानमा नेपाली सुरक्षागार्ड पठाउने व्यवस्था गर्न प्रधानमन्त्री र आफू दुबैजनालाई दबाब दिएको दोहोर्याए । मन्त्री गुरुङ्गले भने – ‘उहाँहरुले मलाई र हाम्रो प्रधानमन्त्रीसँग भेटेर प्रतिबन्ध फुकुवा नगर्ने हो भने अफगानिस्तानमा रहेका अन्य नेपाली सुरक्षा गार्डहरुलाई पनि नेपाल फिर्ता पठाइदिने दबाब दिनु भएको छ, त्यसैले यो विषयलाई सरकारले उच्च प्राथमिताका साथ लिएको छ ।’ नेपालले सुरक्षा गार्डहरुको सुरक्षाका लागि जोखिमपूर्ण मानिने रेड जोनबाट सुरक्षित मानिने ग्रिनजोनसम्म पुर्याउनको लागि बुलेटप्रुफ सवारी साधनको व्यवस्था गर्ने र बिमा रकम बढाउनु पर्ने विषयमा प्रतिबद्धता खोजेको मन्त्री गुरुङ्गको भनाइ थियो । यस विषयमा अमेरिकी र बेलायती पक्ष लचिलो रहेको जानकारी दिए ।

ईराक र अफगानिस्तानका ग्रीन जोन भनिने कुटनीतिक नियोग र सेनाको व्यारेकमा उनीहरुका सहयोगीका रुपमा नेपाली सुरक्षा गार्डले काम गर्दै आएका थिए । अफागानिस्तानमा काम गर्ने नेपालीहरुले मासिक एक हजार डलरको हाराहारीमा तवल पाउने भएकाले त्यसमा नेपालीको आकर्षण रहेको छ ।

गत असार १० गते अफगानिस्तानमा आतंकवादी आक्रमणमाा परी १२ नेपाली सुरक्षा गार्डको ज्यान गएपछि बसेको मन्त्रीपरिषद् बैठकले अफगानिस्तानमा सुरक्षा गार्डको रोजगारीमा जान श्रम स्वीकृति दिन प्रतिवन्ध लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे