असोज ११, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने र दैनिक म्यानपावरबाट ठगिने युवाको धेरै बर्ष अघिदेखिको कुरा श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले बल्ल थाहा पाएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने र दैनिक म्यानपावरबाट ठगिने युवाको धेरै बर्ष अघिदेखिको कुरा श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले बल्ल थाहा पाएका छन्"/>
2026-09-03 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले १० हजारको रसिद काटेर २ लाख लिने गरेको कुरा श्रममन्त्री गुरुङले थाहा पाए

असोज ११, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने र दैनिक म्यानपावरबाट ठगिने युवाको धेरै बर्ष अघिदेखिको कुरा श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले बल्ल थाहा पाएका छन् । 

उनले यो बिषयमा सोमबार काठमाडौँ स्थित रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै भने – ‘फ्रि भिसा, फ्रि टिकट कार्यान्वयन भएको देखाउन १० हजारको रसिद बनाउने, तर भित्रभित्रै टेबलमुनिबाट २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारबाही गर्छु ।’ मन्त्री गुरुङ्गले आफू फ्रि भिसा, फ्रि टिकट व्यवस्था लागू भएपछिको अवस्थाको अध्ययनमा रहेको भन्दै समग्र अध्ययन पछि यस विषयमा निर्णय लिने बताए ।

गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’पछि धेरै कामदार विदेश गई रेमिट्यान्स बढ्नु पर्नेमा जाने कामदारबाट आउने रेमिट्यान्स रकम घटेकोले त्यसको अध्ययन गरिरहेको बताए । मन्त्री गुरुङ्ले आफूले त्यस विषयमा जे कुरा सत्य निस्कन्छ, त्यसबारे कुनै सम्झौता नगरी निर्णय लिने बताए । उनले भने – ‘मलाई प्रलोभनमा पार्ने गरी कुनै प्रस्ताव आयो भने वा पैसाको विटो लिएर कोही आए भने म सबैभन्दा पहिला पत्रकारहरुलाई खबर गर्छु ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे