२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापबाट बनेपा जान बस चढेकी किशोरीलाई काठमाडौं ल्याएर चालकले गरे बलात्कार

२०८०, १४ जेष्ठ आईतवार ०७:०९

जेठ १४, काठमाडौँ | रामेछापबाट बनेपा जान भनेर बस चढेकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेर मुद्दा समेत दर्ता गरिसकेको छ। 

घटना वैशाख १८ गतेको हो। रामेछापको बन्दीपुरबाट आफ्ना बाबु डेरा लिएर बस्दै आएको बनेपा जान भनेर एक किशोरी बस चढेकी थिइन्। तर राति अबेरसम्म पनि छोरी नआएपछि उनका बाबुले प्रहरीमा उजुरी समेत दिएका थिए। 

त्यसपछि खोजतलासमा जुटेको प्रहरीले हुलियाको आधारमा भोलिपल्ट १९ गते कोटेश्वरमा ती किशोरीलाई भेटेको थियो। सोधपुछको क्रममा ती किशोरीले आफूमाथि बलात्कार भएको बताइन्। बन्दीपुरबाट काठमाडौं आउँदा चढेको बा ३ ख २१३७ नम्बरको बसका चालक ३० वर्षीय कुमार कसाइले बलात्कार गरेको बताएपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो। 

ती किशोरीलाई चालकले बनेपामा ओर्लन खोज्दा कोटेश्वर जडिबुटीसम्म जाउँ, तिमीलाई ट्याक्सीमा पठाइदिन्छु भन्दै फकाएर कोटेश्वर पुर्‍याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। जडिबुटी ल्याएर २ घण्टासम्म गाडीमै राखेपछि चालकले ‘रात पर्‍यो, आज यतै बस्नुपर्छ’ भन्दै होटलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। 

कोटेश्वरको बिहानी गेस्टहाउसमा राखेर ती किशोरीलाई चालक कसाईले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  बलात्कार आरोपमा पक्राउ परेका कसाइविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ को कसुर गरेको भन्दै सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु