2026-08-04 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

एजेन्सी | जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । लामो समयसम्म भोकै बस्नु, शारीरिक गतिविधिको कमी र लगातार बढ्दो कामको दबाब र तनावले पाचन प्रणालीमा धेरै नराम्रो असर गर्छ ।

यस्तो अवस्थामा एसिडिटी, पेट दुख्ने र पाचन प्रणालीसँग सम्बन्धित अन्य समस्या पनि बढ्छ । खानाको मात्रा, खानाको प्रकार र खानाको समय यो तीन कुरामा ध्यान नदिँदा यो समस्या निम्तने गर्छ ।

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा पेटको पर्खाल सुन्निने कोतरिने र अल्सर हुने सम्भावना हुन्छ । र, पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ ।

त्यसबाहेक, अत्यधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धूम्रपान आदिको सेवनले पनि एसिडिटी बढ्ने गर्छ ।

एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने । कब्जियत, दिसा पोल्ने, मलद्वारको समस्या जस्तै पाइल्स, फिस्टुला जस्ता रोग लाग्न सक्छ । कहिलेकाहीँ उल्टी हुनसक्छ । अत्यधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।

किन भरिन्छ पेटमा ग्यास ?

पेटमा ग्यास भरिने समस्या आम समस्या हो । पाचनसम्बन्धी गडबडी भएमा पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिनु कुनै विशेष रोगको लक्षण पनि हुनसक्छ । गलत खानपान तथा अनिद्राका कारण पनि पेटमा ग्यास भरिने गर्छ । तनाव, भय, चिन्ता, अत्यधिक मात्रामा चिया, कफीको सेवन, धूम्रपान, लामो समय खाली पेट रहनु, मसला वा चिल्लो भोजनको सेवनले पनि पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिएमा भोक नलाग्न सक्छ । बरु पेटमा हावा भरिन थाल्छ । दिसा राम्ररी हुँदैन । कब्जियत हुनसक्छ । डकार धेरै आउँछ ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।

एसिडिटी तथा ग्यासबाट छुटकारा पाउने घरेलु उपाय

खानाको मात्रा, खानाको प्रकार र खानाको समय यो तीन कुरामा ध्यान दिइएको भने एसिडिटी तथा ग्यासको समस्या हुँदैन । खाना खाने एउटा रुटिन बनाउनुपर्छ । हामीले खाना खाने समय सधैँ एउटै भयो भने हाम्रो हर्मोनले आफैँ त्यो समयमा पाचन शक्ति बढाउँछ । त्यसैले, खानपानमा समयको एकदमै ख्याल राख्नुपर्ने हुन्छ । समयमा नसुत्ने तथा धेरै तनाव लिने व्यक्तिहरूमा पनि एसिडिटी तथा ग्यासको समस्या हुन्छ । त्यसैले, समयमा सुत्ने तथा समयमा उठ्ने शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।

कफी, चिया, जङ्क फुड, बासी तथा चिसो खानाले यो समस्या बढाउँछ, त्यसैले यस्ता खानेकुराको कम सेवन गर्नुपर्छ ।

खानाको मात्रामा पनि विशेष ध्यान दिनुपर्छ पेटलाई तीन भागमा बाँड्दा एकतिहाइ भागलाई खाली छोड्नुपर्छ । दुईतिहाइ मात्र खानुपर्छ । एकदमै कोचेर खाना खानु हुँदैन । भोक लागेपछि मात्र खानुपर्छ । भोक लागेको छैन भने जबरजस्ती खाना खानु हुँदैन । भोक लाग्नेबित्तिकै केही न केही खाई हाल्नुपर्छ ।

लक्षण अनुसार औषधिको सेवन गर्नुपर्छ । पेट फुल्ने तथा ग्यासको समस्या छ भने हिङ, ज्वानो पुदिना र वीरेनुन आदिको सेवन उपयोगी हुन्छ । एक चम्चा ज्वानो एक गिलास पानीमा बाबरी वा पुदिनाको पात पनि हालेर उमाल्ने र त्यसमा थोरै बिरे नुनु हालेर सेवन गर्दा ग्यासको लागि एकदमै लाभदायी हुन्छ । साथै बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर पनि खान सकिन्छ।

पेट पोल्ने तथा एसिडिटीको समस्याको लागि भने जेठीमधु, गुर्जो, अमला आदिको सेवन उपयोगी हुन्छ । जेठीमधु गुर्जो आदिलाई पानीमा पकाएर खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन