२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आदिपुरुष फिल्मका लेखक भन्छन्, ‘१९०३ अघि नेपाल भारतकै अंश थियो’

२०८०, ३ असार आईतवार ०६:१७

एजेन्सी | डायलगलाई लिएर नेपालमा मात्रै नभई भारतमा समेत विवादित बनिरहेको भारतीय फिल्म आदिपुरुषका लेखकले नेपालबारे अर्को तर्क पेस गरेका छन् । उनले नेपाल भारतकै अंश भएको बताएका छन् । 

भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले आदिपुरुषलाई लिएर नेपालमा भइरहेको विरोधलाई आफूले बुझ्न नसकेको पनि बताएका छन् । उनले नेपाल भारतबाट अलग नभएका कारण सीता भारतकै ‘बेटी’ भएको दाबी गरेका छन् । उनले राष्ट्रको रूपमा नेपाल भारतबाट अलग नभएको पनि बताएका छन् । 


उनले भनेका छन्, ‘नेपालको विरोध मैले बुझ्न सकिरहेको छैन किनभने नेपाल भारतको अंश थियो । त्यसैले हामीले सीतालाई ‘भारतकी बेटी’ भनिरहँदा नेपाल भने भारतबाट अलग थियो र ?’

उनले थपेका छन्, ‘नेपाल त १९०३ मा भारतबाट अलग्गिएको थियो । नेपाल त ठ्याक्कै भारत जस्तै थियो । नेपाल भारत नै थियो, त्यो हिसाबले सीता भारतकै ‘बेटी’ थिइन् ।’

यसै कारणले उनले नेपालीको विरोध बुझ्न नसकेको बताए । उनी भन्छन्, ‘तर यदि कसैलाई चित्त बुझिरहेको छैन भने पनि उनीहरू हाम्रा भाइ नै हुन् । हामी जस्तै हुन् । म नेपालीलाई आफूभन्दा फरक नै मान्दिनँ । त्यसैले उहाँहरूलाई कुनै कुरा चित्त बुझिरहेको छैन भने यसबारे मसँग कुरा गर्न सक्नुहुन्छ र त्यसपछि म ‘यहाँ जुन समयको कुरा भइरहेको छ, त्यति बेला सीता भारतकै छोरी थिइन्’ भनेर बुझाउने थिएँ ।’

उनले अन्तिममा थपेका छन्, ‘राष्ट्रको रूपमा नेपाल र भारत अहिले पनि अलग छैनन्, भलै देशको रूपमा अलग होलान्, सीमाहरु अलग भए पनि । तर राष्ट्रियताको रूपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते