२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साथीहरुसँग पिकनिक खान गएका युवकको डुबेर मृत्यु

३ असार २०८०, आईतवार ०७:२८

असार ३, पाल्पा | पाल्पाको दोभान खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाका अनुसार शनिबार दिउँसो साथीहरुसँगै पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पिकनिक सकिएपश्चात घर फर्किने क्रममा लोकप्रसादलाई साथमा नदेखेपछि खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी सय मिटर माथि खोलामा पानीभित्र डुबेको अवस्थामा फेला पारेका थिए ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ