२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, ५ जना फरार

१७ असार २०८०, आईतवार ११:१६

असार १७, काठमाडौँ | बेला बेलामा घर निर्माण गर्दा सिमेन्टको गुणस्तर कम भएका कारण घर भत्किएको विषय बाहिर आउने गरेको छ । अहिले पनि त्यस्तै घट्ना राजविराजमा घटेको छ ।

राजविराज-४ का दिवाकर साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ आफैं भत्किएपछि घर निर्माण गरिरहेका व्यक्तिले उजुरी दिएपछि समेन्टका व्यापार प्रबन्धक पक्राउ परेका छन् ।

साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले राजविराजका साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ सिमेन्टको गुणस्तर काम भएको भनेर उजुरी दिएपछि व्यापार प्रवन्धक पक्राउ परेको बताए ।

उनले भने, ‘मारुती सिमेन्ट उद्योगका ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यस मध्ये व्यापार प्रवन्धक ज्योति जोशी पक्राउ परेका छन् । भने अन्य ५ जना फरार रहेका छन् । उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा तथा सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ५ जना फरार रहेका छन् । हामीले खोजि गरिरहेका छौं ।’

आपराधिक र विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक पक्राउ परेका हुन् । अन्य फरार ५ जना विरुद्ध पनि सोही मुद्धामा पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै