२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लाजिम्पाटस्थित स्काईमुन ट्राभल्स खोलेर कोरोना कालमा टिकटको पैसा रिफण्ड नगरी ठगि

२७ असार २०८०, बुधबार १३:३५

असार २७, काठमाडौँ । कोरोना कालमा जापानबाट नेपाल आउने दुईतर्फी टिकट लिएका रविन पण्डित जापानबाट नेपाल त आए तर जाने बेलामा कोरोना महामारीको कारण नेपाल एयरलाइन्सको फ्लाइट भएन । फ्लाइट नभएपछि रिफण्ड माग्दा नेपाल एयरलाइन्सले टिकटको पैसा रिफण्ड नगरेको भनि रिफण्ड आएपछि मात्र पैसा फिर्ता दिने भनि स्काईमुन ट्राभल्सले प्रतिकृया दियो । 

त्यसपछि एक लाख ६० हजारको अर्कै एयरलाइन्सको एकातर्फी टिकट काटेर पण्डित जापान उडे । गत डिसेम्बरमा जापानबाट फर्किएका पण्डितले आफुले पहिले काटेको टिकटको पैसा रिफण्ड लिन फेरी प्रयास गरे । तर उक्त ट्राभल्स बन्द भईसकेको थियो । काठमाडौँको लाजिम्पाट स्थित उत्तरढोकामा संचालित उक्त ट्राभल्सका संचालक सुरेन्द्र शाही ठकुरी, इनु थापा सहित तीन जान रहेका छन् ।  


ट्राभल्सका संचालकसँग टिकटको पैसा फिर्ता दिन आग्रह गर्दा बिबिध बहानामा पैसा रिफण्ड गरेनन् । नेपाल एयरलाइन्सका अनुसार उक्त टिकटको एकातर्फी फ्लाइटको रिफण्ड भईसकेको छ । एयरलाइन्सले गंगबु स्थित रियान ट्राभल्सलाई रकम रिफण्ड गरिसकेको जनाएको छ ।

यस सम्बन्धमा रिफण्ड रकम पाएको भनिएको रियान ट्राभल्ससँग स्काईमुनले टिकट लिएको कारण उक्त रकम एयरलाइन्सबाट पाएपछि स्काईमुनलाई दिईसकेको रियान ट्राभल्सले बताउँदै आएको छ । 

तर स्काईमुनका संचालकले आफू संचालक रहेको ट्राभल्सको संचालिकाहरु अन्य दुई महिला पनि रहेको र उनिहरुले आफ्नो पैसाको हिसाव नदिएको भन्दै उनिहरुसँगनै रिफण्डको पैसा माग्न भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् । 

यस सम्बन्धमा गोंगबुस्थित रियान ट्राभल्सले स्काईमुन ट्राभल्सका संचालक सुरेन्द्र शाही ठकुरीले आफूहरुलाई समेत तिर्नुपर्ने रकम नतिरेर सम्पर्कबिहीन बस्दै आएको बताएको छ । उक्त ट्राभल्सकि संचालिकाका अनुसार स्काई मुनका संचालकले उनको नम्वर ब्लक गरेका छन् । साथै स्काई मुनका संचालकले ललितपुरमा एडमिन सेक्रेटारिएट सर्भिस नाम गरेको कम्पनी खोलेर काम गर्दै अझै पनि हवाई टिकट काट्ने, कोरिया जाने कामदारको जीवन बिमा र श्रम गर्ने काम गर्दै आएको रियान ट्राभल्सका संचालिकाले बताइन् । 

रिफण्ड आएको रकमको सम्बन्धमा स्काई मुन ट्राभल्सले आफूलाई जानकारी समेत नदिएको पीडितले बताएका छन् । यस सम्बन्धमा गत डिसेम्बरदेखिनै पटक-पटक रिफण्ड आएको रकमको सम्बन्धमा पीडितले ताकेता गर्दा संचालकले आलटाल गर्दै बसेका छन् ।


यसै सम्बन्धमा तात्कालिन समयमा पीडित पण्डितको टिकट काटिदिएका स्काई मुन ट्राभल्सका कर्मचारी प्रशान्त श्रेष्ठले पिडित पण्डितको टिकट रिफन्ड रियान ट्राभल्सबाट स्काईमुनमा आईसकेको र सम्बन्धित पिडितको रकम फिर्ता दिनुपर्ने संचालकलाई ध्यानाकर्षण गराए । तर स्काई मुनका संचालक मध्ये एक सुरेन्द्र शाही ठकुरीले भने आफ्नो ९० लाख फसेको बहाना बनाई उक्त ट्राभल्सको संचालक आफू मात्र नभएको भन्दै पीडितको रिफण्ड रकम फिर्ता दिन आलटाल गर्दै आएका छन् । पीडितलाई ठकुरीलाई फोन सम्पर्क गरि आफ्नो टिकटको पैसा रिफन्ड गर्न ताकेता गर्दा ठकुरीले आफ्नो ९० लाख फसेको भन्दै जाबो ३०/३५ हजारको के कुरा भन्दै गैरजिम्मेवार जवाफ दिएको पीडित पण्डितले गुनाशो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै