साउन ११, काठमाडौँ | बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर तय भएको हो ।