२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कास्कीको साँदल र कपुच गाउँ विकट रहेन

२०८०, १५ श्रावण सोमबार ०३:४९

साउन १५, कास्की | कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ ।

पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।

कपुजे र साँदल जोड्ने गरी सेती नदीमाथि ७९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । यस पुलको निर्माण  तीन महिनामै सम्पन्न भएको छ । पुलको विसं २०७९ चैत २० गतेदेखि काम सुरु भएकामा गत असार २६ गते निर्माण सकिएर सञ्चालनमा आएको हो ।

माछापुच्छ्रे–१ का सरोजकुमार गुरुङले झोलुङ्गे पुल निर्माणले साँदलका नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार विकट गाउँमा पुलबनेसँगै सुगममा परिणत भएको छ । उनले भने, “हिउँदयाममा अस्थायी व्यवस्था भए पनि वर्खामा यहाँका नागरिकले सेती वारपार गर्न ठूलो सास्ती र झन्झट थियो, समय पनि धेरै लाग्ने । अहिले झोलुङ्गे पुल बनेसँगै विकट गाउँ सुगम बनेको छ । स्थानीयको मुहारमा खुुसी छाएको छ ।”

पुल निर्माणका लागि माछापुच्छ्रे गाउँपालिकाले रु १७ लाख ७२ हजार ९९, टिविएसयु पोखराबाट रु १२ लाख १७ हजार बराबरका स्टिल पार्टस्, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट रु तीन लाख २० हजार एक सय ६९ र स्थानीय उपभोक्ताबाट जनश्रमदान रु एक लाख ८१ हजार तीन सय ६३ गरी कूल रु ३४ लाख ९१ हजार लागत रहेको माछापुच्छ्रे–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गाउँपालिकाका विकट गाउँमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले आवश्यकताका आधारमा पालिकाका अन्य वडामा समेत लागत साझेदारीमा पुल निर्माण गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै