२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतको उत्तराखण्डको पहिरोमा परी दर्जन नेपाली बेपत्ता

१९ श्रावण २०८०, शुक्रबार १२:०९

 साउन १९, काठमाडौँ | भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो । 

'केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो,' पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ । नाम ठेगाना यकिन भइसकेको छैन । सबै विवरण प्राप्त भए पनि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।’ उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए ।

अहिलेसम्म पातरासी-२ र ३ का गरी ११ जनाको पहिचान भएको उपाध्यक्ष जुनमाया रोकायाले बताइन् । बेपत्ताको पहिचान खुलेको छैन । पहिरोले होटल बगाएको भारतीय मिडिया हिलवाणीले जनाएको छ । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खबरमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष, उपाध्यक्षबाटै आफूलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी पठाइसकेको बताए ।

दिल्ली दूतावासका भारतीय प्रहरीबाट प्राप्त जानकारीअनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११:३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएको हालसम्म ३ जनाको शव भेटिएको तर पहिचान हुन नसकेको जुम्लाकी सांसद कान्तिका सेजुवालले बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै