२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अख्तियारद्वारा १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२०८०, २४ श्रावण बुधबार ०९:२२

साउन २४, काठमाडौँ | सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव– इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिका–३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाइ भ्रष्टाचार गरेको पाइएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सव– इन्जिनियर कुशवाहलाई ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी कैद र जरिवाना माग गरिएको छ । साथै इन्जिनियर र सव इञ्जिनियरले गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण बमोजिम कैद र जरिवाना हुनसमेत माग दाबी गरिएको छ ।

यसैगरी, सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियारका प्रवक्ता दाहालका अनुसार सिम्रौनगढ नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कुनै काम नगरी कार्य सम्पन्न भएको भनी परिमाणको झुट्टा बिल भरपाई बनाएको पाइएको जानकारी दिनुभयो ।

साथै, सिम्रौनगढ नगरपालिका–३मा सामुदायिक भवन निर्माण कार्यका लागि १९ लाख सात हजार ५३२ र सिम्रौनगढ नगरपालिका–३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यका लागि १८ लाख ८५ हजार ८६० रुपियाँको बिल नगरपालिकाको कार्यालयमा पेश गरी भुक्तानी समेत लिई भ्रष्टाचार गरेको देखिएको प्रवक्ता दाहालको भनाइ छ ।

समितिका अध्यक्ष यादव, सचिव यादव, कोषाध्रयक्ष कवितालाई १९ लाख सात हजार ५३२ रुपियाँ र बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष साह, सचिव गिरी र कोषाध्यक्ष अनितालाई १८ लाख ८५ हजार ८६० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना