१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अख्तियारद्वारा १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२४ श्रावण २०८०, बुधबार ०९:२२

साउन २४, काठमाडौँ | सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव– इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिका–३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाइ भ्रष्टाचार गरेको पाइएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सव– इन्जिनियर कुशवाहलाई ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी कैद र जरिवाना माग गरिएको छ । साथै इन्जिनियर र सव इञ्जिनियरले गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण बमोजिम कैद र जरिवाना हुनसमेत माग दाबी गरिएको छ ।

यसैगरी, सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियारका प्रवक्ता दाहालका अनुसार सिम्रौनगढ नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कुनै काम नगरी कार्य सम्पन्न भएको भनी परिमाणको झुट्टा बिल भरपाई बनाएको पाइएको जानकारी दिनुभयो ।

साथै, सिम्रौनगढ नगरपालिका–३मा सामुदायिक भवन निर्माण कार्यका लागि १९ लाख सात हजार ५३२ र सिम्रौनगढ नगरपालिका–३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यका लागि १८ लाख ८५ हजार ८६० रुपियाँको बिल नगरपालिकाको कार्यालयमा पेश गरी भुक्तानी समेत लिई भ्रष्टाचार गरेको देखिएको प्रवक्ता दाहालको भनाइ छ ।

समितिका अध्यक्ष यादव, सचिव यादव, कोषाध्रयक्ष कवितालाई १९ लाख सात हजार ५३२ रुपियाँ र बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष साह, सचिव गिरी र कोषाध्यक्ष अनितालाई १८ लाख ८५ हजार ८६० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल