2026-10-23 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना

2026-07-11

काठमाडौँ | बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताले आत्मसमर्पण गर्ने बताएकी छन्। ‘म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, मार्न पनि सक्छन्’, ७८ वर्षीया हसिनाले रोयटर्ससँग बिहीबार र शुक्रबार लगभग एक घण्टा भएको टेलिफोन अन्तर्वार्तामा भनिन्, ‘तैपनि म जानुपर्छ, मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि धेरै दबाब दिइँदै छ। मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु, जहाँ मेरा आमाबाबुलाई गाडिएको छ, जहाँ उहाँहरूको रगत बगेको छ।’

यद्यपि हसिनाले आफ्नो फिर्ताको मिति तोकेकी छैनन्। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन्। विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। हसिना भारतमा लुकेर बसेकी छन् भने बंगलादेशले फिर्ता पठाइदिन पटकपटक अनुरोध गरे पनि भारत सरकारले बेवास्ता गरिरहेको छ।

हसिना लखेटिएपछि बंगलादेशमा पहिलोपटक गत फेब्रुअरीमा १२ मा भएको आम निर्वाचनबाट नयाँ सरकार बनिसकेको छ। निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेर जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन्। जुन चुनावमा प्रतिबन्ध लगाइएका कारण हसिनाको पार्टी अवामी लिगले भाग लिन पाएन। १७ वर्ष बेलायतमा निर्वासनपछि रहमान २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि उनी पार्टी प्रमुख बनेका थिए।

तर भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने आफ्नो देशमा भएको त्यस संसदीय निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भनी टिप्पणी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ