2026-10-02 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना

2026-07-11

काठमाडौँ | बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताले आत्मसमर्पण गर्ने बताएकी छन्। ‘म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, मार्न पनि सक्छन्’, ७८ वर्षीया हसिनाले रोयटर्ससँग बिहीबार र शुक्रबार लगभग एक घण्टा भएको टेलिफोन अन्तर्वार्तामा भनिन्, ‘तैपनि म जानुपर्छ, मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि धेरै दबाब दिइँदै छ। मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु, जहाँ मेरा आमाबाबुलाई गाडिएको छ, जहाँ उहाँहरूको रगत बगेको छ।’

यद्यपि हसिनाले आफ्नो फिर्ताको मिति तोकेकी छैनन्। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन्। विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। हसिना भारतमा लुकेर बसेकी छन् भने बंगलादेशले फिर्ता पठाइदिन पटकपटक अनुरोध गरे पनि भारत सरकारले बेवास्ता गरिरहेको छ।

हसिना लखेटिएपछि बंगलादेशमा पहिलोपटक गत फेब्रुअरीमा १२ मा भएको आम निर्वाचनबाट नयाँ सरकार बनिसकेको छ। निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेर जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन्। जुन चुनावमा प्रतिबन्ध लगाइएका कारण हसिनाको पार्टी अवामी लिगले भाग लिन पाएन। १७ वर्ष बेलायतमा निर्वासनपछि रहमान २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि उनी पार्टी प्रमुख बनेका थिए।

तर भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने आफ्नो देशमा भएको त्यस संसदीय निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भनी टिप्पणी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो