१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्रीलाई रविको प्रश्न- राजश्वले गरिरहेको अनुसन्धान कुन कानुनअनुसार सिआइबीलाई दिइयाे ?

२४ श्रावण २०८०, बुधबार १२:०२

साउन २४, काठमाडौँ | नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ। बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रस्तुत गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवार संसदमा दिएको जवाफ चित्तबुझ्दो नरहेको प्रतिक्रिया दिए। राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै उनले प्रश्न गरेका छन्।


‘सिआईबीलाई नदिने भनेको होइन। मैले सिआईबीलाई दिने कुराको बिरोध गरेको पनि होइन । कुनैपनि प्रक्रियामा जाँदा कुनै न कुनै कानूनलाई टेकेर गर्नुपर्छ । हामी कानूनी राज्यमा छाँै । आम नेपाली जनतालाई स्पष्ट पारिदिनुहोला की कुन कानूनमा टेकेर (गृहमन्त्रीले) यो राजश्व अनुसन्धानबाट सिआईबीमा लैजानुभयो,’ उनले भने। 

सुन तस्करी प्रकरणमा ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको सभापति लामिछानेको दाबी छ। विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने उनको तर्क छ। लामिछानेले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल