१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको ‘र्‍यापिड एक्सन टिम’ को काम अवैध

२५ श्रावण २०८०, बिहीबार ०६:११

साउन २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् ।

पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी 'ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्‍यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।


रास्वपाले सञ्चार उपकरण वाकिटकी सञ्चालनका लागि कुनै निकायबाट अनुमति लिएको पाइएको छैन । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै जाम खुलाउन सुन्तला रङको ज्याकेटमा आरएटी लेखेर वाकिटकी सञ्चार सहितका युवा खटेकामा जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ ।

सूचना तथा प्रसारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले विभागबाट हालसम्म सञ्चार उपकरण वाकिटकीको अनुमति नलिएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम ( र्‍याट) ले मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापनमा वाकिटकीसहित कालीखोलालगायतका ठाउँमा खटिएको भन्ने विषयमा प्रतिव्रिmया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर कुनै पनि स्थानका लागि वाकिटकी प्रयोगको अनुमति नलिएको जानकारी दिए ।

प्रवक्ता गौतमले सो पार्टीले स्थानीय रूपमा सञ्चलानमा रहेका निर्माण कम्पनीहरूले अनुमति लिएका उपकरणहरू प्रयोग गरेको हुन सक्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल