१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा बहुमतका नाममा चन्दा माग्ने पत्रकारसहित दुई जना पक्राउ

२५ श्रावण २०८०, बिहीबार ०७:१९

साउन २५, दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा आतंक मच्चाएका एकजना पत्रकारसहित दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ ।

नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिसँग जबरजस्ती चन्दा मागेको आरोपमा नेपाल पत्रकार महासंघ सल्यानका साधारण सदस्य धनराज परियार (तुफान) र चन्द्रप्रकाश विकलाई इप्रका तुलसीपुरले पक्राउ गरेको हो ।


परियार सल्यानको त्रिवेणी गाउँपालिका ५ फालाबाङ र विक सल्यानको छत्रेश्वरी गाउँपालिका १ दमाचौरका हुन् । परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव समेत हुन् ।

उनीहरूलाई तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसी सँग दस लाख,सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एकराज मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको छ ।

उनीहरूले चिनजानकै व्यक्तिसँग चन्दा मागेको पाइएको छ । धनराजको साथबाट पत्रकार महासंघ सल्यानको परिचयपत्र समेत बरामद भएको छ ।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की समेत चिठी मार्फत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल