2026-07-11 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा बहुमतका नाममा चन्दा माग्ने पत्रकारसहित दुई जना पक्राउ

साउन २५, दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा आतंक मच्चाएका एकजना पत्रकारसहित दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ ।

नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिसँग जबरजस्ती चन्दा मागेको आरोपमा नेपाल पत्रकार महासंघ सल्यानका साधारण सदस्य धनराज परियार (तुफान) र चन्द्रप्रकाश विकलाई इप्रका तुलसीपुरले पक्राउ गरेको हो ।


परियार सल्यानको त्रिवेणी गाउँपालिका ५ फालाबाङ र विक सल्यानको छत्रेश्वरी गाउँपालिका १ दमाचौरका हुन् । परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव समेत हुन् ।

उनीहरूलाई तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसी सँग दस लाख,सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एकराज मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको छ ।

उनीहरूले चिनजानकै व्यक्तिसँग चन्दा मागेको पाइएको छ । धनराजको साथबाट पत्रकार महासंघ सल्यानको परिचयपत्र समेत बरामद भएको छ ।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की समेत चिठी मार्फत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ