१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

२५ श्रावण २०८०, बिहीबार ०८:२७

साउन २५, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्। संसदमा जारी रहेको गतिरोध र पछिल्लो राजनीतिक विकासक्रमको विषयमा छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।


भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ। हालको अनुसन्धान प्रक्रियाबाट निष्कर्षमा पुग्न नसकिने भन्दै एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने बताउँदै आएको छ।

उच्चस्तरीय छानवीन समिति गठनको विषयलाई लिएर सत्ता पक्षका सांसदहरु पनि पक्ष/विपक्षमा उभिएका छन्। संसद बैठकमा एमाले सांसद योगेश भट्टराईले  छानवीन समिति गठन गर्ने/ नगर्ने भन्ने विषयमा दलको ह्वीप नलगाई मतदान गराउन समेत सभामुखलाई आग्रह गर्दै आएका छन्।

सुन प्रकरणको विषय र सदनको गतिरोध हटाउन बैठकमा छलफल हुनेछ। यता गौर हत्याकाण्डका पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेर सरकार छाड्नेसम्मको चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल